कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ सम्म

बसुन्धरा शर्मा
पी सी एन्, ७ फागुन। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आगामी भदौ २४ देखि २८ सम्म काठमाण्डौंमा हुने भएको छ । वी पी कोइरालाको १०१ औं जन्मदिनको अवसर पारेर पार्टी सभापति सुशील कोइरालाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । फागुन ६गते बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कंग्रेस केन्द्रिय कार्यसमितिको बैठकले साउन १४गते नगर वडा र गांउ अधिवेशन ,साउन २२ गते निर्वाचन क्षेत्रिय अधिवेशन र साउन २६गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको मुख्य सचिव ऋृषिकेश तिवारीले जानकारी दिनुभएको छ।बैठकले फागुन मसान्तभित्र पार्टीको विधान ,नियमावली र मिति २०७१ असार २६ गतेको केन्द्रिय परिपत्रले निर्देशन गरे अनुरुप नंया सदस्यता फाराम र नवीकरण फारम केन्द्रमा पठाउन निर्देशन दिएको छ। बैठकले नरहरी आर्चायको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहको कृयाशील सदस्यता छानविन समिति समेत गठन गरेको छ । कृयाशील सदस्यता छानविन समितिले २०७२ साल बैशाख मसान्त भित्र सम्पुर्ण विवाद टुंग्याई केन्द्रिय  कार्य समितिमा पेश गर्नुपर्नेछ । 

Comments