सन्तोष यादव
पी सी एन्,८फागुन । जिल्ला विकास समिति बर्दियाको २०औ जिल्ला परिषद् यहि फागुन २०गते उद्घाटन हुने कार्यक्रम रहेको छ । जिल्ला परिषद्लाई लक्षित गरि यतिबेला जि वि स मा बिभिन्न समितिहरुको बैठक शुरु छ ।
६गते बुधबार आर्थिक योजना समितिको गोष्ठी सम्पन्न भएको छ भने आज शुक्रवार सामाजिक विकास समितिको बैठक जारि रहेको छ । जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाह को अध्यक्षतामा जारि बैठकमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल ,नेपाली कांग्रेसका नवराज न्यौपाने ,नेकपा एमालेका शालिकराम अधिकारी, नेकपा माओवादीका द्रव्य शाह सुमन, प्रेस क्लब नेपालका अध्यक्ष यम घिमिरे लगायतको उपस्थिति रहेको छ । सामाजिक विकास समितिको बैठकमा जिल्लास्थित संघ संस्थाहरुले आफुले चालु आर्थिक बर्षमा सम्पन्न गरेका कार्यक्रम र आगामी बर्षको प्रस्तावित बजेट तथा कार्ययोजना पेश गरेका छन् । प्रस्तावित कार्ययोजनामाथि सहभागीहरुले टीका टिप्पणी र सुझाव दिएका छन् ।
जिविस योजना शाखाका नायब सुब्बा ओमप्रसाद ज्ञवाली दिएको जानकारी अनुसार फागुन १०गते वन तथा वातावरण समितिको,११गते पुर्वाधार विकास समितिको,१२गते मानवीय संशाधन विकास समितिको , १५गते एकिकृत योजना तर्जुमा समितिको र १९गते जिल्ला विकास समितिको बैठक बस्ने कार्यक्रम छ।

Comments
Post a Comment