पी सी एन्
बर्दिया ,९फागुन । बर्दिया प्रहरी यतिबेला आफनो २५ बुँदे कार्ययोजनालाई प्रभावकारी रुपले कार्यान्वयन गर्न तदारुकताका साथ अघि बढेको छ । शुक्रबारबाट लागु गरिएको कार्ययोजना अनुरुप शनिवार प्रहरीले गुलरिया नगरपालिका वडा नं १२ खालीपुरवाबाट भारीमात्रामा अवैध मदिरा र मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ र सामाग्री बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक दिपक कुमार बस्नेतको कमाण्डमा खटी गएको टोलीले सो स्थानबाट अवैध रुपमा उत्पादन गरिएको ९३९ लिटर घरेलु मदिरा, २हजार ७सय लीटर मदिरा बनाउन प्रयोग गरिने भेलीको झोल, ९९ थान मदिरा राख्न प्रयोग गरिने ड्रम र मदिरा बनाउन प्रयोग गरिने भाडाकुडा समेत बरामद गरेको हो । गुलरिया नगरपालीका को वडा नं.१२ खाली पुरुवा गाँउका रुपा गोडिया, संगीता गोडिया, अमृत लाल यादव,सन्तोष गोडिया र मंञ्जु गोडिया,सरस्वती चौधरी र आशा थारुको घरबाट अवैध मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।
आजै , भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालमा अवैध रुपमा भित्रयाईएको २५हजार ९ सय मुल्यबराबरका १ सय ५० किलो बोइलर कुखुरा बर्दिया प्रहरीले बरामद गरेको छ । बरामद गरिएका कुखरा आवश्यक कारवाहीको लागि पशु क्वारेन्ट टाइन कार्यालय गुलरीया बर्दियामा पठाईको प्रहरी नायव उपरीक्षक दिपक कुमार बस्नेतले जानकारी दिनुभयो । बर्दियाको कालिका ८ पुरानो कण्ठपुर स्थित भारतबाट नेपाल आउने कच्ची बाटोमा शनिबार बिहान छ बजेको समयमा ईलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक खेम राज रावतको कमाण्डमा खटिएको टोलीले सो कुखराहरु बरामद गरेको हो । खटि गएको प्रहरी गस्ती टोलीलाई देखि मानिसहरु कुखुराहरु वेवारीसे अवस्थामा छाडि भागी गएकोले मानिसहरुलाई भने पक्रन नसिकिएको प्रहरीले जनाएको छ ।
Comments
Post a Comment