भगवति लामिछाने
पी सी एन् बर्दिया,१३ फागुन । प्रत्येक बर्ष निशुल्क खुवाईने हात्तिपाइले रोग फाईलेरिया विरुद्धको औषधि यस बर्ष फागुन २३ बर्दिया लगायत देशभरी नै खुवाउने कार्यक्रम रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत बृषबहादुर शाहीले हात्तिपाइले रोगबाट बच्ने उतmम उपाय भनेको हरेक बर्ष हाती पाईले रोग निवारणको दिन औषधि सेवन गर्नु नै रहेको भन्दै ढुक्क भएर औषधि सेवन गर्न सबैमा आग्रह गर्नुभयो । बर्षको एक मात्रा औषधि लगातार ६बर्षसम्म सेवन गर्नाले हातीपाइले रोगबाट सधैका लागि सुरक्षित हुन सकिने नेपाली एक्सप्रेससंगको कुराकानीमा अधिकृत शाहीले बताउनु भयो ।
जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेका अनुसार हात्तिपाइले रोग अन्र्तगत डी ई सी –डाइईथाईलकार्बामाजिन चक्की र अलबेन्डाजोल गरि दुई थरी चक्की औषधीहरु खुवाईन्छ । डी ई सी ५० बर्षभन्दा अगाडिदेखि उपचारार्थ र एलबण्डाजोल २५बर्ष अगाडिदेखि पेट र आन्द्रामा हुने बिभिन्न खाले जुकाका लागि प्रयोगमा आईरहेको औषधि हो । औषधि चक्कीको सेवनले नराम्रो असर नगर्ने तर यदि शरिरमा धेरै संख्यामा परजीवी रहेछ भने टाउको दुख्ने दुख्ने ,वाकवाकी लाग्ने अथवा पेट दुख्ने हुन सक्दछ र ती असरहरु एक दुई दिनमा विस्तारै हराउदै जाने जनस्वास्थ्य अधिकृत पाण्डेले बताउनु भयो ।असर लगातार भएमा स्वास्थ्य कार्यकर्तासंग मद्वत लिन सकिने उंहाको भनाई छ।
गर्भवती तथा एक हप्तासम्मका सुत्केरी आमाहरु,सिकिस्त बिरामीहरु,छारेरोगका बिरामीहरु र दुई बर्ष नपुगका केटाकेटीहरु बाहेक प्रत्येक व्यतिmले हात्तिपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्दछ ।
हात्तिपाइले रोग निवारण कार्यक्म अन्र्तगत यस बर्ष फागुन २३ गते बर्दिया जिल्लाका ८७हजार ८सय ६० घरधुरीका ४लाख १हजार ७सय २७जजालाई औषधि खुवाउने कार्यक्रम रहेको छ । औषधि खुवाउनका लागि २सय १५जना स्वास्थ्यकर्मी ,८ सय ३२ स्वास्थ्य स्वयमसेविका र ७ सय १० जना अन्य स्वयमसेविका गरि १ हजार ७ सय ५७ जना खटाईने छ ।
ओैषधिको सेवनले हात्तिपाइले रोगको उपचार हुनका साथै पेट र आन्द्रमा हुने अंकुशे जुका,चुर्ना आदिको समेत उपचार हुने भएको हुंदा ती जुकाहरुद्धारा चुसेर खर्च हुने रगत र पोषिलो खाद्य पदार्थ शरिरमै उपयोगी भै स्वस्थ हुन मद्वत हुने चिकि त्सकले बताएका छन् ।
बर्दियामा सन् २०१२देखि हात्तिपाइले रोग निवारण कार्यक्रम शुरु गरिएकोमा र यस बर्ष समेत गरि चौथौ पटक औषधि खुवाइदैछ ।
हात्तिपाइले रोग सरुवा रोग हो र यो मसिनो धागो आकारको उच्चेरिरिया बाक्रोफ्टी नामक फाइलेरिया परिजीवीबाट लाग्दछ । यो परिजीवी एक व्यतिmबाट अर्को व्यतिmमा लामखुट्टेको टोकाइबाट सर्दछ ।
Comments
Post a Comment