चालकरहित विमान उडाएको आरोपमा तीन पत्रकार पक्राउ

पी सी एन्
पेरिस,१५फागुन । फ्रान्सको राजधानी पेरिसमा सहरको सीमा Ôेत्रमा पर्ने एक पार्कमा चालकरहित विमान ड्रोन उडाएको आरोपमा बुधबार तीनजना पत्रकार पक्राउ परेका छन्।  उनीहरु अल जजिराका  पत्रकार बताइएको छ । 
फ्रान्सको  प्रहरी स्रोतले जनाए  अनुसार ती पत्रकारले राजधानी पेरिसको आकासमा बिनाअनुमति ड्रोन उडाएका थिए । उनीहरुले चालकरहित विमान उडाएको मात्र नभई त्यसमा बसेर उक्त पार्कका तस्विरहरु पनि खिचेका बताइएको छ । उक्त ड्रोनमा रहेका तीनमध्ये पहिलो पत्रकारले सो ड्रोन उडाएको, दोस्रोले ड्रोनबाट दृष्य खिचिरहेको र तेस्रो पत्रकार भने हेरिरेहको सो स्रोतले जाानकारी दिएको छ । उनीहरुलाई राजधानी पेरिसमा गत दुई दिनयता रहस्यमय रुपमा मानवविहीन विमान देखिन थालेपछि निगरानी गरिएको जनाइएको छ । पेरिसको आकाशमा गएराति पनि यस्ता अज्ञात विमान उडेको जानकारी प्रहरीले दिएका थिए । ती उडानका बारेमा पनि प्रहरीले अनुसन्धान थालेको बताएको छ । ती तीन पत्रकार पनि ती घटानमा सम्बन्धित रहेको शङकामा पक्राउ गरिएको जनाइएको छ । अल जाजिरामा कार्यरत ती पत्ररकारहरुको नाम र राष्ट«ियता भने दिइएको छैन । फ्रान्सको राजधानी पेरिसमा चालकविहीन विमान उडाउनु कानुनविपरीत मानिन्छ । 
गत महिना जिहादीहरुले आक्रमण्ँ गरी १७ व्यक्ति को हत्या गरेका थिए । चार्ली हेब्दोनामक पत्रिकामा भएको सो आक्रमण्ँबाट प्रधान सम्पादकसहित १२ जनाको हत्या गरिएको थियो । त्यसपछि पनि सहरका विभिन्न भागमा हतियारधारीले आतङक मच्चाएका थिए । सो आतङकबाट प्रहरीसहित थप पा“चजना मारिएका थिए । त्यस यता यहा“को सुरÔा व्यवस्था कडा बनाइएको समाचारमा जनाइएको छ ।  

Comments