पूर्व युवराज्ञी हिमानीको जयजयकार

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh2m5Yfs1epUi-QbGljsAavde46LIv3WYRHg5UldPXyU6N4DchB-50OYTXnbbNRYEBrEZn-12qKEP_XR7RSrckY-ppbwz5cWrT9LgbhG72_d-WZQfB1mKvo2iAm9PIr-tDO9UFJSCfHLzk/s1600/himani.png११ फागुन, विराटनगर । हिमानी ट्रष्टमार्फत् सामाजिक सेवामा सक्रिय पूर्व युवराज्ञी हिमानी शाह सोमबार सुनसरीको मधेसा पुगेकी छन् ।उनले त्यहाँको ग्रामिण क्षेत्रको स्वास्थ्य चौकीलाई निःशुल्क एम्बुलेन्स वितरण गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगै ११ बजेको बुद्ध एयर मार्फत विराटनगर विमानस्थल ओर्लिएकी उनी त्यहाँबाट गाडी चढेर मधेसा पुगेकी थिइन् ।
सिंहलाई विमानस्थलको भीआईपी गेटको पश्चिम तर्फ मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्की सहितको सरकारी टोलीले स्वागत गरेको थियो । हिमानीलाई भने पूर्वपट्टीको ढोकाबाट उनका समर्थकहरुले स्वागत गरेका थिए ।
पुष्प गुच्छासहित विमानस्थल पुगेका समर्थकहरुले उनको जयजयकार समेत गरे ।
विराटनगर विमानस्थलबाट हिमानी सरासर सुनसरीको मधेसास्थित कार्यक्रम स्थल तर्फ लागिन् भने सिंह भीआईपी कक्षमा केहीबेर आराम गरेर सप्तरीको कार्यक्रममा गएका थिए ।

Comments