सहजरुपमा सुचना उपलब्ध गराउन डि आई जी अधिकारीको निर्देशन

जमुना बडुवाल
पी सी एन ,८ फागुन । मिडिया मैत्री मध्यपश्चिम प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक केशव अधिकारीले सुचनाको हकलाई पुर्ण र  प्रभावकारी रुपमा कार्यान्वय गर्न गराउन मातहतका ईकाईहरुलाई निर्देशन दिनु भएको छ ।
जिल्लाको वस्तुस्थिति बुझन सोमवार बर्दिया पुग्नु भएका प्रहरी नायब महानिरीक्षक अधिकारीले संचार माध्यमका प्रमुख तथा प्रतिनिधिहरुसंगको भेटमा कानुन बमोजिम दिन मिल्ने सुचना सहज रुपले संचारकर्मीहरुलाई उपलब्ध गराउन प्रहरी अधिकारीहरुलाई निर्देशन दिनु भएको छ ।
 महिला हिंसा ,मदिरा सेवन र तश्करी नियन्त्रणमा शुन्य सहनशीलता कायम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिदै उंहाले महिला ंिहंसा गर्ने प्रहरी अधिकारीहरुलाई अझ बढि कडा कारवाही गरिने चेतावनी दिनु भयो ।भारतसंगको खुला सीमानाका कारण हुने अपराध नियन्त्रण गर्न छिटटै क्रस बोर्डर मिटिंग गरिने उंहाको भनाई थियो ।
 कार्यक्रममा प्रेस क्लब अफ नेपाल पी सी एन् का अध्यक्ष यम घिमिरे,पत्रकार महासंघका अध्यक्ष मीनराज शर्मा ,वरिष्ठ पत्रकारहरु विष्णु तिमल्सिना,कृष्ण प्रसाद वस्याल,नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे लगायतले सुचना सहज उपलब्ध गराउन, नागरिकलाई प्रदान गर्ने सेवा सहज ,सरल एंव छिट्टोछरितो बनाउन,ब्यतिm हत्या सम्बन्धि अनुसन्धानलाई प्रभावकारी बनाउन र प्रहरी ईकाइहरुको भौतिक पुर्वाधार विकास गर्न गराउन सुझाव दिएका थिए । सोही कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र श्रेष्ठ र प्रहरी उपरीक्षक गोविन्द राम परियारको पनि उपस्थिति थियो ।

Comments