शान्ति सुरक्षाको लागि बर्दिया प्रहरीको २५बुंदे कार्ययोजना पारित

महेन्द्र उपाध्याय
पी सी एन्,८ फागुन ।  जिल्ला प्रहरी कार्यालय वर्दियाले नागरिकको शान्ति सुरक्षालाई अझ सुदृढ बनाउन २५ बुंदे कार्ययोजना बनाई पारित गराएको छ ।प्रमुख जिल्ला अधिकारी नरहरी बरालको अध्यक्षतामा राजनैतिक दल,सरकारी गैर सरकारी अधिकारी र नागरिक अगुवाहरु सम्मिलित बैठकले प्रहरी उपरीक्षक गोविन्द राम परियारद्धारा प्रस्तुत कार्ययोजना सर्व सम्मतिले पारित गरेको हो ।

कार्य योजनाको पहिलो बुंदामा प्रहरीकोे आचरण,व्यवहार,अनुशासन कार्यस्तर र कार्यशैलीमा सुधार ल्याई हँसिलो अनुहहार  का साथ जनमुखी प्रहरी सेवा प्रदान गर्ने बताईएको छ । 
नेपाल प्रहरीको प्रमुख कर्तव्य समाजमा शान्ती सुरक्षा तथा अमनचयन कायम गर्ने,अपराध नियन्त्रण तथा घटित अपराधको सफल अनुसन्धान गरी पिडीतलाई न्याय दिलाउने जस्तो महत्वपूर्ण दायित्व वहन गर्नु पर्ने हुँदा हँसिलो अनुहहार  का साथ जनमुखी प्रहरी सेवा प्रदान गर्नुको विकल्प छैन प्रहरी उपरीक्षक परियारले भन्नुभयो ।
प्रहरी सेवा प्रदान गर्दा सदैव स्थानीय नागरिक तथा समुदायसंगको सहयोग तथा सहभागीताको अवधारणा अनुसरण गर्ने, महिला तथा बालवालिका,असहाय,जेष्ठ नागरिक,दलित तथा फरक क्षमता भएका व्यक्तिहरु माथि हुने अन्याय,अपराधलाई शुन्य सहनशीलता मा राखी कानून बमोजिम कारवाही गर्ने,बर्दिया जिल्लामा घट्ने अपराध मध्ये विशेष गरेर सिमावर्ती अपराध, लागु औषध, अवैध हात हतियार, ओसार पसार, अवैध मदिरा उत्पादन, सेवन तथा विक्रि वितरण, अवैध काठ चोरी पैठारी, चोरीका सवारी साधनहरुको प्रयोग, भन्सार चोरी पैठारी, चोरी डकैती, गुण्डागर्दी, महिला तथा बालवालिकाको, अबैध ओसार पसार तथा खुल्ला सिमानाका कारण हुन सक्ने अन्य आकस्मिक अपराधहरु नियन्त्रण गर्न स्थानिय प्रशासन, नागरिक तथा सुरक्षा निकायका साथै अन्य काउन्टर पार्टससंग समेत समन्वय गरी योजना बनाई प्रहरी परिचालन गरी कारवाही गर्ने उल्लेख छ ।
यस्तै  अदालत संग समन्वय गरी ठेकीएको कैद तथा जरीवाना भुक्तान गर्न बाँकी फरार कैदीहरुको तदारुकताका साथ खोेज तलास गरी पक्राउ गरी सम्मानित अदालतमा बुझाउने , बर्दिया जिल्ला लाई मादक पदार्थ सेवन निषेधित जिल्ला घोषणा गरिएको हुँदा यसको वर्खिलाप गर्ने प्रहरी कर्मचारीहरु माथि कानुन वमोजिम कारवाही गर्ने,गुण्डागर्दी तथा समाजमा अशान्ति मच्चाउने व्यक्तिको पहिचान गरी स्थानिय प्रशासनसंग समन्वय गरी विशेष कारवाही गर्ने ,अपराधिक व्यक्ति समुह तस्कर तथा गुण्डाहरुसंग मिलोमतो वा सांठगाँठ गर्ने प्रहरी कर्मचारीहरुको पहिचान गरी आचरण विरुद्धको कसुरमा कारवाही गर्ने, ड्यूटीमा रहेको अवस्थामा फिल्डमा खटी जाने प्रहरी कर्मचारीहरुलाई अनावश्यक मोवाईल चलाउन,प्रयोग गर्न बन्देज लगाउने र कानुनले सार्वजनिक स्थानमा धुम्रपान गर्नेमाथि कानुन वमोजिम कारवाही गर्ने उल्लेख छ।
सुचना सम्प्रेषणमा सहज तथा सरल बनाउन जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षकलाई प्रवक्ता तोकिएको र घटनाको प्रकृति हेरी पत्रकार भेटघाट कार्यक्रम वाहेक अन्य सुचना ईमेल मार्फत सम्पे्रषण गर्ने ,प्रहरी हिरासतको उचित व्यवस्थापन र थुनुवासंग कानुन सम्मत व्यवहार गरी मानव अधिकारको संरक्षण गर्ने, सामुदायिक प्रहरी सेवालाई प्रभावकारी बनाई जुवा–तास,सामान्य झै–झगडा,अबैध  मदिरा उत्पादन, बिक्री बितरण तथा घरेलु ंिहंसा लगायतका सामाजिक अपराध नियन्त्रण गर्न सामुदायिक प्रहरी सेवा मार्फत समुदायमा जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने , विभिन्न नामबाट व्यापारी तथा अन्य व्यक्तिहरुबाट उठाउने गरेको चन्दा पूर्णरुपमा नियन्त्रण गरी कारवाही गर्ने यसको लागि सरोकारवाला पक्षसंग सुचनाको अपेक्षा गर्दै गोप्यता कायम गर्ने उल्ेलेख छ ।
भारतीय नम्बर प्लेटका चोरी तथा अवैध सवारी साधनहरु पत्ता लगाई पक्राउ गरी कानुन बमोजिम कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने र सोको सुचना दिने व्यक्तिलाई सुराकीको रुपमा प्राप्त हुँने कमीसन दिलाउने,काउन्टर पार्टसंग सुमधुर सम्बन्ध स्थापित गरी सिमानामा घट्ने अपराध नियन्त्रण तथा कारवाहीमा विशेष पहल गर्ने,बर्दिया जिल्लाको विभिन्न ठाउँमा गैर कानुनीरुपमा उत्पादन भईरहेको घरेलु मदिरा लाई पूर्ण नियन्त्रण गरी त्यस्ता कार्य गर्ने व्यक्ति÷समुहलाई कानुनी दायरामा ल्याउने ,यसको कानुनी प्रभावकारीताको लागि स्थानिय प्रशासनसंग समन्वय गरी सम्बन्धित कार्यालयको समेत सहयोग लिई सम्पादन गर्ने ,नागरिकको स्वास्थ्यसंग सरोकार राख्ने औषधीमुलो तथा खाद्यान्न,मासु,माछा तथा अन्य खाद्य पदार्थहरु ताजा तथा सर्वसुलभ होस भन्ने उद्धेश्यले स्थानिय प्रशासनसंग समन्वय गरी प्रहरीको तर्फबाट गर्नु पर्ने दायित्व पूर्णरुपमा वहन गर्ने , जिल्लाको शान्ति सुरक्षा तथा अमन चयन कायम गर्न स्थानिय नागरिकको अहम भुमीकालाई मध्यनगर गरी प्रहरी तथा नागरिकको सम्बन्धमा सुधार ल्याउन,अपराध नियन्त्रण गर्न,घटित अपराधको सफल अनुसन्धान गर्न जिल्ला भरी ‘बस्ती भेटघाट कार्यक्रम’ संचालन गर्ने उल्लेख छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि जिल्लाका मुख्य मुख्य ठाउँहरुमा कार्यक्रम संचालन गरी नागरिकमा जनचेतना कार्यक्रम जगाउनुका साथै सवारी नियम उलंघन गर्नेहरु माथि सवारी ऐन वमोजिम कारवाही गर्न ट्राफिक प्रहरीलाई सकृय गराउने उल्लेख छ । 
कार्ययोजनामा जिल्लामा दिन प्रतिदिन ‘आत्महत्या’ बढ्दै गएको हुँदा सो नियन्त्रण गर्न को लागि विभिन्न राजनैतीक पार्टी, संघ सस्था, नागरीक समाज समेत संग समन्वय तथा सहकार्य गरी संचेतना   कार्यक्रम संचालन गर्ने ,स्थानिय प्रशासनको निर्देशनमा जिल्लामा संचालन हुने विकाश निर्माणका गतिबिधहरुमा आउने अवरोधलाई तत्काल नियन्त्रण र सहजिकरणको भुमिका सक्रिय रुपमा खेल्ने, स्थानिय प्रशासन तथा नागरिकहरुको सहयोगमा अनाधिकृत रुपमा नेपाली क्षेत्रमा विभिन्न व्यवसाय अथवा कारोवारमा संलग्न रही बसोबास गर्ने घुमन्ते प्रकृतिका बिदेशी नागरिकहरु गैर नेपालीहरुको विवरण संकलन गरी  निग्रानी बढाईने छ तथा आवश्यक कारवाहीको लागी सम्बन्धित निकायमा पठाईने समेत उल्लेख छ ।
सार्वजनिक सडक, जग्गा वा सम्पतीको अतिक्रमण भएका स्थानहरुको पहिचान गरी सो को लगत तयार गर्न स्थनिय प्रशासन, स्थानिय निकाय र सरोकार पक्ष संग समन्वयात्मक रुपमा कार्यरम्भ गर्ने ,सड्क र सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी गरीने कृयाकलाप वा संरचना वा गतिविधिलार्य निरुत्साहित गर्ने,नगरपालिका तथा जि.बि.स.को सहयोगमा अपराध नियन्त्रण तथा अनुसन्धान कार्यप्रबिधीको प्रयोगलाई बढाउदै लैजाने उदेश्यले पहिलोचरणमा गु.न.पा.को बजार क्षेत्रका संवेदनशिल स्थानहरुमा सिसिटिभी जडान गरी बजार क्षेत्रलाई भरपर्दो सुरक्षा छाताभित्र ल्याउनु साथै सुरक्षा नक्सांकनका आधारमा आवश्यकता अनुसार नगर क्षेत्रमा प्रहरी बिटहरु स्थापना गर्ने लगायतका कुराहरु कार्ययोजनामा उल्लेख रहेको प्रहरी उपरीक्षक परियारले जानकारी दिनुभयो ।

Comments