पी सी एन् ८ फागुन । कम्बोडियामा राम्रो काममा लगाईदिने प्रलोभन देखाई ठगि गर्ने जिल्ला धादिङ्ग निलकण्ठ गाविस वडा नं ७ बस्ने वर्ष ३७का प्रेम प्रसाद ढकाललाई महानगरीय प्रहरी ले पक्राउ गरि थप अनुसन्धानको लागि बैदेशिक रोजगार विभाग तिनकुने पठाएको छ ।
ढकालले सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका वडा नं ५ बस्ने वर्ष ४० को लोकेन्द्र बहादुर कार्कीलाई कम्बोडियामा राम्रो काममा लगाईदिने प्रलोभन देखाई कार्कीबाट पटक पटक गरी रु १० लाख रकम लिई फरार भएकथिए । महाशाखामा २०७१ साल माघ २४ गते जाहेरी दिएको घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको प्रहरी टोलीले ढकाललाई फागुन ६ गते सांझ ५बजेको समयमा काठमाण्डौ महानगरपालिका वडा नम्बर २९ सामाखुशीबाट पक्राउ गेरेको थियो ।
Comments
Post a Comment