कारवाही फुकवा

काठमाडौं, फागुन ११ नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको कारवाहीमा परी विभिन्न सजाय पाएकाहरुको कारवाही फुकवा गरेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कारवाहीबारे केन्द्रीय कार्यसमितिमा पुनरावेदन गर्ने व्यक्तिहरु मध्ये संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका उम्मेदवार विरुद्ध वागी उम्मेदवारी दिएका व्यक्ति र प्रस्तावक, समर्थक बाहेकका पार्टीका पुनरावेदक सदस्यहरुको हकमा बाँकी रहेको सजायजन्य पार्टीको पदीय जिम्मेवारी र दायित्व अनुसार काम कारवाही गर्न नपाउने गरी लगाइएको प्रतिवन्ध फुकुवा गरेको हो ।
बैठकले पार्टीको विभिन्न तहका पदमा उम्मेदवारी बन्न नपाउने गरी लगाइएको वन्देज आदि फुकुवा गरी निजहरुको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय गरेको छ । उनीहरुले तेह«ौँ महाधिवेशनको प्रकृयामा हुने पार्टीका सबै तहका निर्वाचनहरुमा भाग लिन पाउनेछन् ।
आज प्रधानमन्त्री तथा पार्टी सभापति सुशील कोइरालाको अध्यक्षतामा बसरको बैठकमा नेपाल तरुण दल, नेपाल महिला संघ र नेपाल विद्यार्थी संघको केन्द्रीय महाधिवेशन सम्बन्धमा, संविधान निर्माण र दलहरुको बीचमा भइरहेको वार्ता सम्बन्धमा आजको बैठकमा छलफल भएको थियो ।
आजको बैठकमा नेपाली कांग्रेसका पदाधिकारीहरु उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु गोपालमान श्रेष्ठ, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, पद्मनारायण चौधरी, गगनकुमार थापा लगायतले धारणा राखेका थिए ।

कार्यसमितिको अर्को बैठक फागुन १३ गते बस्नेछ ।

Comments