राष्ट्रिय सरकारमा सामेल हुन एकीकृत माओवादी लगायत ३० दलिय मोर्चालाइ कांग्रेस केन्द्रिय सदस्य एंव सिचाई मन्त्री साउदको आग्रह

बसुन्धरा शर्मा
नेपालगंज,१६फागुन।सिचाई मन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य नारायणप्रकाश साउदले आन्दोलन छाडि सरकारमा सामेल हुन आन्दोलनरत एकीकृत माओवादी लगायतका दलहरुलाई आव्हान गर्नुभएको छ । 
नेपाल प्रेस युनियन बांकेद्धारा  शनिवार नेपालगंजमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री साउदले संविधान निर्माण र राष्ट्रिय सहमतिका लागि आफुहरु प्रधानमन्त्री सुशील कोईरालाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई नै  पुर्नगठन गरि राष्ट्रिय सरकारको स्वरुप दिन लागेको प्रष्ट पार्नुभयो ।
धेरै जसो दलको सहभागितामा वर्तमान सरकारलाई राष्ट्रिय सरकारमा रुपान्तरण गर्न गृहकार्य भईरहेको भन्दै यसमा सहमति गर्न माओवादी लगायत ३१ दलिय मोर्चालाई आग्रह गर्नुभयो। 
वार्ता ,सहमति र संवादद्धारा संविधान निर्माणमा हाल देखिएको विवाद अन्त्य गर्न आफुहरु तैयार रहेको प्रष्ट पार्दे कांग्रेस नेता साउदले बर्तमान संविधानसभाबाट लोकतान्त्रिक संविधान जारि गर्नुको विकल्प नरहेको जिकिर गर्नुभयो ।उंहाले नेपालको स्थाईत्व,विकास र शान्ति प्रकृयालाई तार्किक निष्कर्षमा पुरयाउने कार्य संविधान निर्माणबाट मात्रै संभव रहेको बताउनु भयो ।
वर्तमान सरकार मध्य तथा सुदूरपश्चिम क्षेत्रको सिचाई विकासमा गंभीर रहेको बताउदै उहांले त्यस क्षेत्रको सिचाई प्रणालीको विकासका लागि रानीजमरा,सिक्टा ,बबई तथा भेरी डाईभर्सन जस्ता राष्टिय गौरवका आयोजना संचालनमा ल्याईएको जिकीर गर्नुभयो । सो आयोजनाबाट कृषकलाई ठुलो सहयोग पुग्ने मन्त्री साउदको विश्वास छ ।
एक प्रश्नमा मन्त्री साउदले बांके ,बर्दिया लगायत देशका बिभिन्न जिल्लासंग जोडिएका सीमावर्ती भारतीय भुभागमा भारतले निर्माण गरेको सडक तथा बांधका कारण नेपालीहरुलाई उत्पन्न समस्या बारे परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल गरि समस्या समाधान गरिने  प्रतिबद्धता ब्यतm
गर्नुभयो ।
नेपाल प्रेस युनियन बांकेका कार्यवाहक अध्यक्ष कृपाराम बाडिंयाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव अर्जुन वलीले गर्नुभएको थियो।पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेन्द्र शर्मा,प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल , नेपाली एक्सप्रेसका कार्यकारी सम्पादक तथा प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरे, नेपाली कांग्रेस बर्दियाका सचिव तेजबहादुर भाट लगायतको उपस्थिति रहेको थियो ।

Comments