पी सीि एन् ,१७फागुन । पुर्व प्रधानमन्त्री एंव कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले अघिल्लो संविधान सभा जस्तै यो संविधान सभालाई असफल हुन नदिने बताउनु भएको छ ।
वार्ता,संवाद र सहमतिबाट संविधान बनाउन आफुहरु तैयार रहेको बताउदै उंहाले सहमतिबाट नभए प्रकृयाबाट भएपनि संविधान जारि गर्ने प्रतिबद्धता जनाउनु भयो ।
नेपाल वितीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेडको आठौ केन्द्रिय अधिवेशनलाई बांकेको नेपालगंजमा उद्घाटन गर्दे वरिष्ठ नेता देउवाले यो या त्यो वहान गरेर संविधान सभालाई तुहाउन एकीकृत माओवादी लागेपनि उनीहरुको प्रयास असफल हुने बताउनु भयो ।
अघिल्लो पल्ट बाबुराम भटराईको नेतृत्वमा रहेको सरकारलाई संकटकाल लगाएर संविधान सभाको म्याद ६ महिना थप गर्न सुझाव दिएको थिए ,संविधान सभाको म्याद थप्नुको सट्टा माओवादी नेतृत्वको सरकारले उल्टो संविधान सभा बिघटन गरिदिए ः नेता देउवाले भन्नुभयो ।
नेपालमा संविधान बन्ने हो कि नबन्ने हो भन्ने कुरामा अन्तर्राष्टिय चासो रहेको बताउदै पुर्व प्रधानमन्त्री एंव कांग्रेसका वरिष्ठ नेता देउवाले टुडिखेलमा भीड जम्मा गरेर र जनतालाई दुःख दिएर संविधान ब
न्न नसक्ने स्पष्ट पार्दे संविधान निर्माणका लागि आफुहरु आन्दोलनरत दलहरुसंग वार्ता गर्न तैयार रहेको स्पष्ट पार्नुभयो । संविधान वार्ता र कुराबाट बन्छ हामी कुरा गर्न तैयार छौ ः उंहाको भनाई थियो ।
उद्घाटन मन्तव्यमा कांग्रेस नेता देउवाले कृषि विकास बैंकले किसानहरुको गरिबी निवारणमा खेलेको भुमिकाको प्रशंसा गर्दे अझ बढि सहुलियत दरमा ऋण प्रदान गर्न सुझाव दिनुभयो ।
सरकाले कृषि विकास बैंकलाई सक्दो सहयोग गर्नुपर्ने धारणा राख्दै उहांले भन्नुभयो ः सरकारबाट शोधभर्नाको अपेक्षा राख्नेको हो भने बैंकले किसानहरुको ऋृण मिनाह गर्नुपर्छ ।
नेपाल वितीय संस्था कर्मचारी संघ कृषि विकास बैंक लिमिटेडका अध्यक्ष यज्ञ भटराईको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा नेपाली कांग्रेसका त्रय केन्द्रिय सदस्यहरु महेन्द्र शर्मा,किशोरसिंह राठौर, बद्रि पाण्डे ,नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल लगायतले बोल्नुभएको थियो ।
दुईदिन सम्म चल्ने अधिवेशनले आगामी कार्यकालका लागि नंया नेतृत्व समेत चयन गर्नेछ । उद्घाटन सत्रमा संघका पुर्व अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।
Comments
Post a Comment