बर्दियाको ढोढरी बेलवामा एकदिने निःशुल्क मुटु जांच शिविर शुरु



पी सी एन्,३०फागुन। साथी र नेपालगंज मेडिकल कलेजको स्थानीय साझेदारी तथा जयन्ती मेमोरियल ट्रष्ट,ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को संयुतm आयोजनामा आज शनिवार बर्दियाको ढोढरीमा निःशुल्क मुटु जांच तथा उपचार शिविर शुरु भएको छ ।
ढोढरीस्थित नेपाल राष्टिय उच्च माध्यामिक विधालय बेलवाको परिसरमा संचालन भएको सो शिविरमा रवि मल्लको नेतृत्वमा आएको १२जना चिकित्सकहरको टोलीले मुटुको जांच गर्नेछ।
आज शनिवार बिहान शनिवार ८बजेदेखि बेलुका ५बजेसम्म शिविर संचालन हुने जयन्ती मेमोरियल टष्टकी प्रबन्धक आज्ञा खांडले जानकारी दिनुभयो ।
 शिविरमा रुडुकद्धारा पहिचान गरिएका गरिब अति गरिब परिवारका मुटु रोगीहरुलाई औषधी निशुल्क उपलब्ध गराउनुका साथै तथा अप्रेशनमा समेत सहयोग गरिने प्रबन्धक खांडले जानकारी दिनुभयो ।
एक दिने स्वास्थ्य शिविरलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न  जयन्ती टष्टकी स्थापक अध्यक्ष डा. आरजु राणा देउवा,साथी संस्थाका प्रतिभा राणा,सरोज शाह र शारदा सिंह र नेपालगंज मेडिकल कलेजका  डा सुरेश कनौडिया समेत बेलवा पुग्नु भएको छ ।

Comments