प्रकृया नपुरयाई चिरान गर्न लान खोजिएको काठ वन कार्यालयको नियन्त्रणमा

भगवती लामिछाने
पी सी एन्बर्दिया,२चैत्र । सामुदायिक वन गोडमेल गरि प्रकृया नपुरयाई स्थानीय स मिलमा चिरान गर्न लैजान लागिएका १०लडिया सिसमका काठलाई ईलाका वन कार्यालयले नियन्त्रणमा लिएको छ भने समुहका अध्यक्ष र सचिवलाई आवश्यक परेको बेला उपस्थित हुने शर्तमा हाजिरी जमानीमा छाडिएको छ ।
धधवार गाविसको वडा नं ५मा रहेको जनजाग्रिती सामुदायिक वनबाट गोडमेल गरि  मगरागाडि १ स्थित पादुकाकाल सैन्य समिलमा  चिरान गर्न लैजान लागिएका काठ ,लडियालाई शनिवार दिउसो १बजे नियन्त्रणमा लिईएको हो ।
सामुदायिक वनले काठमा टांचा लगाएपछि जिल्ला वन कार्यालयबाट चिरान आदेश लिएरमात्र समिलमा काठ लैजान पाउने नीति ,नियम र प्रकृया छ सो प्रकृया पुरा नगरेकाले आवश्यक अनुसन्धानका लागि काठ नियन्त्रणमा लिएका हौः जिल्ला वन अधिकृत धनञ्जय लामिछानेले भन्नुभयो । समुहसंग आवश्यक सोधपुछ र अनुसन्धान गरि विवादको टुंगो लगाईने अधिकृत लामिछानेले बताउनु भयो । उंहाले प्रकृया नपुरयाई काम गरेको समहु र समुहका पदाधिकारीलाई आवश्यक नसिहत पनि दिने स्पष्ट पार्नुभयो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले अवैध ईलाका वनले प्रहरीलाई जानकारी गराएपछि प्रहरी नायव निरीक्षक राजन मल्लको कमाण्डमा खटी गएको प्रहरी टोलीले लडिया र काठसहित १०जना पक्राउ गरि कारवाहीका लागि ईलाका वन कार्यालय मगरागढी पठाईएको बताईएको छ ।

Comments