पी सी एन्,२चैत्र। जुम्लाबाट कालिकोटका लागि छुटेको यात्रु बस सोमबार बिहान जुम्लाको रारालीमा दुर्घटना हु“दा १८ जना यात्रुको ज्यान गएको छ भने दुर्घटनामा परी १० यात्रु गम्भीर घाइते भएका छन्।
सोमबार बिहानै कालिकोटका लागि छुटेको ना ४ख ४९७० नम्बरको लोकल बस जुम्लाको रारालिहीमा दुर्घटनामा परेको Ôेत्रीय प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस सडकबाट तिलानदीमा खसेको छ। १३ जनाको घटनास्थलमै र पा“च जनाको उपचारका लागि जुम्ला अस्पताल ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडीका चालक र सहचालक दुवैको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका निरीÔक ईन्द्रबहादुर साउदले बताए। घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भिर रहेकाले थप उपचारका लागि जुम्ला सदरमुकाम खलंगामा पु¥याइएको छ। यस्तै ५ जना घाइतेको भने घटनास्थलमै रहेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।बसमा २९ जना यात्रु सवार रहेको र एक जना यात्रुको भने प्रहरीले सकुशल उद्धार गरेको Ôेत्रीय प्रहरी कार्यालय सुर्खेतका डीएसपी मिनबहादुर रावलले जानकारी दिए।तर, स्थानीय बासिन्दाले भने ३७ जना यात्रुको चलानीसहित बस छुटेको बताएका छन्। घटनास्थल जुम्ला सदरमुकामबाट टाढा भएकाले पनि मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको बस कर्णाली राजमार्ग अन्तर्गत जुम्लाबाट कालीकोटको नाग्म बजारसम्म स्थानीय रुटमा सञ्चालन हुने गर्दथ्यो । दुर्घटनाको एकीन कारण्ँ खुल्न नसकेपनि जिल्ला प्रहरी कार्यालय जुम्लाले भने हिलोमा चिप्लिएर बस दुर्घटना भएको अनुमान गरेको छ। आइतवार सा“झदेखि परेको पानीका कारण सडक हिलाम्य हु“दा बस चिप्लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
Comments
Post a Comment