मानव बेचबिखन विरुद्धको फोटो प्रर्दशनी आजबाट धनगढीमा शुरु ,चैत्र ९गतेसम्म प्रर्दशनी चल्ने


पी सी एन् ,३चैत्र । बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी आज मंगलबारबाट जिल्ला विकास समितिको कार्यालय परिसर धनगढी कैलालीमा शुरु भएको छ । प्लानेट ईन्फेन्ट्स ,साथी र शतिm समुहको आयोजनामा संचालन भएको सो फोटो प्रर्दशनी चैत्र ९गतेसम्म चल्ने छ। बेचबिखनको घटनाले बेचबिखन र शोषणको शिकार भएका महिलाहरुको जीवन र परिवारलाई पारेको प्रभाव तथा बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको सो फोटो प्रर्दशनीमा ४४ वटा फोटो प्रर्दशनीका लागि राखिएको प्लानेट ईन्फेन्टस्की ईंग्रिद चिरनले बताईन ।
पहिलो दिनको फोटो प्रर्दशनीको अवलोकन गर्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी ,महिला र सर्वसाधारणहरुको उपस्थिति थियो ।
 प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनीमा राखिएका फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा  फोटोग्राफिक जर्नी हो यसले मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश पार्दछ साथीका कार्यक्रम संयोजक यम घिमिरेले भन्नुभयो । प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुःखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउदछ ।
ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्नआत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न योगदान पु¥याउने छ । 
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टसले नेपालमा सन् १९९७ मा स्थापना भई काम गर्दे आईरहेको छ ।  शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नंया मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नंया प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।

प्रर्दशनीकै सिलसिलामा मानव वेचविखन तथा रोकथाम सम्वन्धमा चेतना अभिवृद्धि गर्ने एवं सम्वधित सरोकारवाला निकायहरु विच समन्वय वृद्धि गर्ने उद्धेश्यले बिहीबार एक दिने कार्यशाला गोष्ठी समेत आयोजना  गरिने छ । कार्यशालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न संयुक्त कार्ययोजना समेत निर्माण गरिने छ ।

नेपालगंजबाट शुरु भएको सो फोटो प्रर्दशनी चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा पनि आयोजना गरिने छ । नेपालगंजमा फागुन २४देखि ३०गतेसम्म फोटो प्रर्दशनी गरिएको थियो । नेपालगंज र धनगढीमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ ।

Comments