वडा नागरिक मञ्च गठन र खुल्ला दिशामुक्त क्षेत्र घोषणा कसरी गर्ने भन्नेमा छलफल

क्षितिज पौडेल
फाल्गुन  १९ पि सी एन
बाँसगढी नगरपालीका भित्र रहेका वडामा वडा नागरिक मञ्च गठन र नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणामा कसरी सहयोग गर्ने भन्ने बिषयमा छलफल गरिएको छ । सामुदायिक मेलमिलाप केन्द्र डेउडाकलाको आज भएको नियमित मासिक बैठकमा नगरपालीका स्तरिय वडा नागरिक मञ्च गठन र खुल्ला दिशामुक्त क्षेत्र बनाउनमा मेलमिलाप केन्द्र र मेलमिलापकर्ताहरुको भुमिकाका बिषयमा बृहत छलफल गरिएको हो । छलफलमा मेलमिलाप केन्द्रले हाल सम्म १ सय १५ बिबाद मध्य सहमति भएका ८१ ओटा, असहमति रहेका ६ ओटा, प्रक्रियामा रहेका १० ओटा सम्पर्कमा नरहेका १७ ओेटा र १ ओटा ईलाका प्रहरी कार्यालय बाँसगढीमा रिफर गरिएको प्रगती प्रतिबेदन मेलमिलाप केन्द्रका संयोजक गोपाल वलीले प्रस्तु्त गरे । छलफल कार्यक्रममा सेलड बर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछाने, सेलडका जिल्ला प्रशिक्षक प्रेमलाल चौधरी, बाँसगढी नगरपालीकाका कार्यकारी प्रमुख गणेशबिक्रम शाही, ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरिक्षक चिन्तामणी बुढाथोकी, मेलमिलापकर्ता लगायतको सहभागीता रहेको थियो । बाँसगढी नगरपालीका भित्र पर्ने सबै वडामा चैत्र २ गते देखि ४ गते सम्म वडा नागरिक मञ्च गठन गर्ने कार्यक्रम छ भने यहि फागुन मसान्त भित्र नगरपालीका भित्रका सबै वडाहरु खुल्ला दिशामुक्त वडा घोषणा गरि खुल्ला दिशामुक्त नगरपालीका घोषणा गनेए लक्ष्य सरोकारवाला निकायहरुको रहेको छ

Comments