पी सी एन्,९चैत्र । बर्दियामा सडक अतिक्रमण गरि राखिएका फुटपाथे पसलहरु हटाउने कार्य आईतवारबाट शुरु गरिएको छ। जिल्ला ट्राफिक प्रहरी ,जिल्ला प्रहरी र गुलरिया नगरपािलकाले संयुतm रुपमा सो अभियान शुरु गरेका हुन ।
सडक अतिक्रमण गरि राखिएका फुटपाथ पसल,ठेला तथा अन्य संरचनाले सडक अतिक्रमण भई सवारी साधन तथा सर्वसाधरणको आवागमनबाट बाधा पुगेपछि फुटपाथे पसल हटाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख उतम जि सि ले बताउनु भयो । उंहाले अटेर गर्नेहरुको समान नियन्त्रणमा लिन र सो समान बोक्न नगरपालिकाको टयाक्टर
समेत संगसंगै लिएर हिडिएको छ ।
अतिक्रमण हटाउन जिल्ला ट्राफिक ले माईकिंग गरेर सबैलाई अनुरोध समेत गरेको छ । कार्यालयको अनुरोध नमान्नेलाई नगरपालिकाले ऐन बमोजिम समानहरु नियन्त्रण लिने र त्यस्ता व्यतिmलाई आवश्यक कारवाही गर्ने गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो।
ट्राफिक प्रहरी जिल्ला प्रहरी र नगरपालिका ले फुटपाथका पसल हटाउने अभियानको पहिलो दिन आज जिप्रका चोकदेखि भन्सार र मतंगा चोकसम्मका ५० भन्दा बढि फुटपाथका पसलहरुले स्वस्र्फुत रुपमा आफना समानहरु उठाई लगेका छन् ।
प्रहरी नायब उपरीक्षक जि सि का अनुसार सोमवार पनि फुटपाथे पसल हटाउने अभियानलाई निरन्तरता दिईने छ ।
Comments
Post a Comment