धुम्रपान मद्यपान र सुर्ति जन्य पदार्थ निषेध क्षेत्र घोषणा ।।

क्षितिज पौडेल 
पि.सि.एन चैत्र ११ 
 बर्दिया बहुमुखि क्याम्पस लक्ष्मणालाई धुम्रापान मद्यपान र सुर्ति जन्य पदार्थ निषेध क्षेत्र घोषणा गरिएको  छ। बर्दिया बहुमुखि क्याम्पस लक्ष्मणा र बिद्यार्थी भलाई कोष समितिको संयुक्त आयोजनामा आज क्याम्पसलाई धुम्रापान, मद्यपान र सुर्तिजन्य पदार्थ निषेध क्षेत्रको रुपमा घोषणा गरिएको हो । 


क्याम्पसका शिक्षक तथा बिद्यार्थीहरुले घोषणा कार्यक्रममा धुम्रापान मद्यपान र सुर्तिजन्य पदार्थहरु बिद्यालय हाता भित्र सेबन नगर्ने र यदि त्यस्तो गरेको पाईएमा बिद्यार्थी भलाई कोष समितिको नियम अनुसार आबश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन । कार्यक्रममाअधिकांश बिद्यार्थीहरुले क्याम्पसलाई क्षेत्र नम्बर १ मै धुम्रापान तथा 
मद्यपान निशेष क्षेत्र पहिलो पटक घोषणा गरिएकोले अन्य बिद्यालयहरुले पनि यस्ता किसिमका कार्यक्रमहरुलाई प्रभाबकारी रुपमा अगाढी बढाउदै धुम्रापान, मद्यपान र सुर्तिजन्य पदार्थ निषेध क्षेत्रको रुपमा घोषणा गर्नु पर्नेमा जोड दिएका थिए । 

Comments