शान्ति सुरक्षा र विकासका लागि नियमकानुहरुको प्रभावकारी कार्यान्वयन गर्न दलहरुको बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई सुझाव


सिद्धान्त थारु
पी सी एन् १२ चैत्र।जिल्लाको शान्ति सुरक्षा र विकासका लागि सरकारका नियम कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्न गराउन जिल्लास्थित राजनैतिक दलहरुले बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका छन्।
हालैमात्र जिल्लामा सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले जिल्लास्थित राजनैतिक दलहरुसंग बिहीवार गर्नुभएको अन्तरकृयामा दलहरुले उतm सुझाव दिएका हुन् ।
नेपाल सरकारको नियम कानुनहरुको प्रभावकारी कार्यान्वयन गरि जनतालाई छिटोछरितो र पारदर्शी रुपमा सेवा सुविधा प्रदान गर्न नंया आउनु भएका प्रमुख जिल्ला अधिकारीलाई सुझाव दिएका छौ ः अन्तरकृयापछि नेपाली एक्सप्रेससंगको कुराकानीमा नेपाली कांग्रेसका सचिव तेजबहादुर भाटले भन्नुभयो ।
यस्तै गत असोज महिनामा आएको बाढिका कारण क्षति भएका भौतिक संरचनाहरुको पुर्ननिर्माण  यथासक्दो छिटोछरितो गर्न, बाढिका कारण घरहरु पुर्ण रुपमा क्षति भएकाहरुलाई स्थायी बसोबासको व्यवस्था मिलाउन समेत प्रजिअलाई सुझाव दिईएको सचिव भाटले बताउनु भयो।
राजनैतिक दलहरुले सीमा क्षेत्रका सर्वसाधरणहरुले तरकारी,खाधान्न,नुन तेल लगायतका दैनिक उपभोग्य समान ल्याउंदा एसएसबी र नेपाल प्रहरीले पुरयाएको अवरोध तत्काल हटाउन,जिल्लामा भईरहको काठ तश्करी नियन्त्रण गर्न र अवैध रुपमा संचालनमा रहेका समिलहरु तत्काल बन्द गराउन पनि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका छन् ।
प्रमुख जिल्ला अधिकारीसंगको अन्तरकृयामा नेपाली कांग्रेसका सचिव तेजबहादुर भाट,नेकपा एमालेका उपाध्यक्ष लालबहादुर श्रेष्ठ,एकीकृत माओवादीका कार्यवाहक सचिव लक्ष्मी पौडेल आकाश,राप्रपा नेपालका अध्यक्ष गीता बस्नेत,राप्रपाका निर्वतमान अध्यक्ष मेघनाथ अधिकारी,सद्भावना पार्टीका धनेश यादव,तमलोपाका केशव यादव लगायतको सहभागिता थियो।
बुधबार नै प्रजिअ कुंवरले संचारकर्मी,पेशागत संघसंगठन र टेडयुनियनका का प्रमुख तथा प्रतिनिधिहरुसंग भेट गरि  जिल्लाको वस्तुस्थितिको बारेमा जानकारी लिनु भएको छ । प्रजिअसंगको भेटमा पेशागत संघसंगठनका प्रतिनिधिहरुले द्धन्दपीडितहरुलाई राहत,मुतm कमैया रभुमिहीन सुकुम्वासीहरुको उचित व्यवस्थापन र यातायातका साधनहरुको नियमित अनुगमन गर्न गराउन सुझाव दिएका छन् ।
प्रजिअ कुंवरले बुधबार कार्यालय प्रमुखहरुको बैठक डाकी  शान्ति सुरक्षा र विकास सम्बन्धि आवश्यक निर्देशन समेत दिनुभएको छ।

Comments