महिलाहरुको सुरक्षित स्थानगमनका लागि सुचनामा पंहुच बढाउनु पर्नेमा जोड


पी सी एन् ,१४चैत्र । महिलाहरुको स्थानगमन सुरक्षित गर्नका लागि सुरक्षित बसाईसराई एंव वैदशिक रोजगार सम्बन्धि सुचनामा पंहुच बढाउनु पर्ने एक कार्यक्रममा स
हभागीहरुले बताएका छन् ।
शतिm समुहको आयोजनामा महिलाको सुरक्षित स्थानगमनका लागि संजाल सम्बन्धि कार्यक्रममा उनीहरुले सरकारी र गैर सरकारी संघसस्थाको समन्वयमा गांउ टोल, गाविस र जिल्ला स्तरमा पनि सुरक्षित स्थानगमनका लागि सुचना तथा परामर्श दिने  संयन्त्र जरुरी रहेको बताए ।
वैदेशिक रोजगारका क्रममा सहि सुचना र परामर्श विनाको स्थानगमनले  महिलाहरु वैदेशिक रोजगारीमा नाममा शोषण, ठगि र बेचबिखनमा परिरहेकोले उनीहरुलाई मानव बेचबिखन र तश्करीबाट जोगाउन सुचनामा नै पंहुच बढाउनु पर्छ ः सुरक्षित वैदेशिक रोजगारी सम्बन्धि सुचना अभियन्ता यम घिमिरेले भन्नुभयो ।
उंहाले वैदेशिक रोजगारीको प्रलोभन देखाई हाल आएर  काठमाण्डौ लगायत देशका विभिन्न शहर, चीनको ल्हासा, दुवइ ,युरोप,अमेरीका, खाडी मुलुक र भारतमा महिलाहरुको  तस्करी र बेचबिखन हुने गरेको बताउनु भयो । नेपालबाट वैदशिक रोजगारी गर्न स्थानगमन गरेका २८लाख नेपालीहरुमध्ये ४लाख २०हजार जति महिलाहरु छन्। 
रोजगारीका लागि स्थानगमन मानिसको नैसर्गिक  अधिकार भएपनि गैर कानुनी र सहि सुचना विनाको स्थानगमनले महिला तथा पुरुषहरुहरु बेचबिखन र तश्करीमा परेकाले उनीहरुको मानव अधिकार हनन भईरहेको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताईन ।गरीवी र वेरोजगारी ,विश्वव्यापिकरण र वढ्दो उपभोक्तावादी संस्कृति , अशिक्षा र निरक्षरता ,लैङ्गिक हिंसा लगायतका सामाजिक असुरक्षाका कारण महिलाहरु विगतभन्दा बढि वैदेशिक रोजगारीमा बढि जान थालेको  उंहाको भनाई थियो ।
वैदेशिक रोजगारीका नाममा हुने गैर कानुनी र असुरक्षित स्थानगनमले महिलाहरु ठगि शोषण र बेचबिखिनमा परेपछि उनीहरुको स्थानगमन शुरु गर्न महिलाको सुरक्षित स्थानगमनका लागि संजाल गठन गरिएको र संजालले बर्दियामा पनि छिटटै आफनो कार्य शुरु गर्ने शतिm समुहका क्षेत्रीय संयोजक निर्मला थापाले बताईन ।
शुरूमा नेपाल र  भारतका ठूला शहरहरूमा रोजगारीका लागि जाने महिलाहरु हाल आएर भारतमा मात्र होइन दक्षिण एशियाका अन्य मुलुकहरू, दक्षिणपूर्व एशिया, मध्यपूर्व, अफ्रिका, युरोप, उत्तर अमेरिका र ल्याटिन अमेरिकामा समेत रोजगारीका लागि स्थानगमन गरेका छन् । स्थानगमन गर्ने मध्ये अधिकांश महिलाहरु गैर कानुनी र असुरक्षित किसिमले दलालको भरमा मात्र परि स्थानगमन गरेका छन् ।
कार्यक्रममा अन्तरपार्टी महिला संजालकी मिथीला फुंयाल महिला तथा बालबालिका कार्यालयका शिला शाह,कानुनी सहायत केन्द्रकी लक्ष्मी नेपाल,कमैया महिला जागरण समाजकी कृष्णा चौधरी,नागरिक समाज संजालका बालकृष्ण वली लगायतले आफनो धारणा राख्नुभएको थियो।

Comments