घरेलु कामदारका लागि सरकारले छिट्टै नै श्रम स्वीकृति खुला गर्ने, २४बर्ष उमेर पुगेका महिला घरेलु काममा जान पाउने व्यवस्था गरिदै


जमुना बडुवाल
पी सी एन्,१६चैत्र । सरकारले मन्त्रिपरिषद् बैठकमा पेश गरेको वैदशिक रोजगारमा घरेलु कामदार पठाउने निर्देशिका ०७१ पारित भए २४बर्ष उमेर पुगेका महिला घरेलु कामदारका रुपमा खाडि मुलुकमा काम गर्न जान पाउने छन्।
यस अघि ३०बर्ष उमेर पुरा गरेको महिला घरेलु कामदारमा जान पाउने व्यवस्था थियो । श्रममन्त्री टेकराज गुरुंगले शुक्रवारको मन्त्रीपरिषद्मा पेश गर्नुभएको निर्देशिकामा साउदी अरब,कतार,कुवेत,संयुतm अरब ईमिरेट्स,बहराईन र ओमानमा घरेलु कामदारका रुपमा जाने महिलाका  उमेर हद २४बर्ष  राखिएको छ ।
खाडिका ६देश बाहेक अरु अरु देशमा भने १८बर्ष उमेर पुरा गरेका महिला पुरुष कामदारका रुपमा वैदशिक रोजगारमा जान सक्ने छन् ।
मन्त्रीपरिषद्ले निर्देशिका पारित गरेपछि घरेलु कामदार पठाउन सरकारले रोकेका श्रम स्वीकृति खुला गर्ने श्रम राज्यमन्त्री टेकराज गुरुंगले बताउनु भयो ।

सरकारले महिला कामदारहरु बढि जोखिम र शोषणमा परेको भन्दै एक बर्षदेखि श्रमस्वीकृति दिन रोकेको  छ । 

Comments