गुलरियामा दुर्गन्ध फैलाउने पशु बधशाला संचालनमा स्थानीय प्रशासनद्धारा रोक ,बधशाला अन्यत्र सार्नुपर्ने स्थानीय बासिन्दाको मांग



भगवति लामिछाने
बर्दिया,२ चैत्र । गुलरिया नगरपालिका वडा नं १०कोठियागांउमा संचालनमा रहेको पशु वधशालाबाट दुुर्गन्ध फैलिएर सर्वसाधरणको स्वास्थ्यमा नराम्रो असर परेपछि स्थानीय प्रशासनले सो बधशाला संचालनमा रोक लगाएको छ ।
चिनिया“ नागरिकले सञ्चालन गरेको चाइना लङफुड पशु बधशालाले कारखानाबाट उत्पादित फोहरमैलाको उचित व्यवस्थापन गर्न नसक्दा दुर्गन्ध फैलिएर कारखाना छेउका र सदरमुकामका बासिन्दाको स्वासप्रश्वास तथा स्वास्थ्यमा नराम्रो असर परेकोले बधशाला संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिनुभयो । फोहोरमैलाको उचित व्यवस्थापन गरि दुर्गन्ध पुर्ण रुपमा नहटाउदासम्म कारखाना संचालन गर्न नदिईने स्पष्ट पार्नुभयो । 

उता सर्वसाधरणहरुले भने पशु बधशाला नै अन्यत्र स्थानान्तरण गर्नुपर्ने मांग अघि सारेका छन् ।पशु वधशालाबाट उत्पन्न दुर्गन्धबाट वातावरण दुषित भई कारखाना वरपर र सदरमुकाम क्षेत्रका बासिन्दाको श्वासप्रश्वास र स्वास्थ्यमा असर परेको भन्दै स्थानीयले सो बधशाला अन्यत्र सार्न मांग गरेका छन् ।
गुलरिया नगरपालिका वडानं १०का स्थानीय बासिन्दा तथा गुलरिया उधोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरु चौधरीले सो उधोग अन्यत्र स्थानान्तरण नगरे आफुहरु चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिनुभयो ।
 दुर्गन्धको विरोधमा उत्रिएका बासिन्दाले आईतवार पशु वधशाला घेराउ गरि ढुङगामुढा समेत गरेका छन् । गुलरिया नगरपालिका वडा नं १० अन्र्तगतका कोठिया, थपुवा, पसिर्याका बासिन्दाले गुलरिया नगरपालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि पनि नाराजुलुस समेत गरेका थिए ।
चिनिया“ नागरिकले सञ्चालन गरेको चाइना लङफुड पशु बधशालाले  बधशालालाई ब्यवस्थित गरी दुर्गन्ध रहित बनाउने भनि नगरपालिकासंग पटक पटक संझैता गरेपनि संझौता कार्यान्वय नगरेको कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बताउनु भयो । जनताको स्वास्थ्यसंग खेलवाड गर्न पाईदैन संझौता बमोजिम बधशालाले दुर्गन्ध र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्दछ । उंहाले संझौता बमोजिम काम नभए नागरिकको हकहितको लागि संझौता भंग गर्न पनि सकिने चेतावनी दिनुभयो ।
 दैनिक १ सय ५० वटासम्म रा“गा बध गर्न सक्ने ठूलो Ôमताको सो बधशालाबाट आउने  दुर्गन्धबाट स्थानीयहरु  बिरामी समेत पर्न थालेका छन् । 

Comments