उधोग बाणिज्य संघ राजापुरको नंया नेतृत्व चयन

भगवती लामिछाने
पी सी एन्,१७फागुन।बर्दिया उद्योग वाणिज्य संघ राजापुरको २९औं  साधारण सभाले नंया नेतृत्व चयन गरेको छ।
संघको अध्यक्षमा  ५सय २मत ल्याई गोविन्द रिजाल निर्वाचित हनु भएको छ।  उंहाका प्रतिद्धान्दी प्रकाश चौधरीले ४सय ६१ मत प्राप्त गर्नुभएको थियो । उद्योग तर्फको उपाध्यक्षमा ४सय ८३ मत प्राप्त गरी विदुर पोखरेलले विजय हुनु भएको छ भने  उंहाका निकटतम प्रतिद्धान्दी चिन्तामणी आर्चायले ३सय ८५मत प्राप्त गर्नु भएको छ ।वाणिज्य तर्फको उपाध्यक्षमा ४सय ९० मत प्राप्त गरी चन्दे्रश्वर सुवेदी शर्मा विजयी हुनु भएको छ भने उंहाका निकटतम प्रतिद्धान्दी देउराम थारुले ३सय६८मत प्राप्त गर्नुभएको थियो।
४सय ९४ मत प्राप्त गरी सचिव पदमा कृष्ण कुमार रेग्मीले विजयी हुनु भएको छ भने उंहाका निकटतम प्रतिद्धन्दी यदुमणी शर्माले ३सय३६ मत प्राप्त गर्नुभएको छ । कोषध्यक्ष पदमा ४सय १६ मत प्राप्त गरी केदार थापा विजयी हुनु भएको  छ भने उंहाका प्रतिद्धन्दी नन्कु बैश्यले ४सय १ मत प्राप्त गर्नुभएको छ ।
सदस्यहरुमा सागर सेन ,गंगाराम थारु ,बद्रि खनाल,खुसी राम थारु,टिकाराम चौधरी र भरत धामी निर्वाचित भएका छन् ।महीला सदस्यमा विमला जि सि निविरोध निर्वाचित हुनु भएको छ । 
१हजार १सय ४८ मतदाता रहेका बर्दिया उद्योग वाणिज्य संघ राजापुरमा १हजार ८ मत खसेकोमा १० मत बदर भएको गान्दिप कायस्थले जानकारी दिनुभयो । १५ सदस्यीय कार्य समितिमा ३ जना सदस्य भने कार्य समितिले चयन गर्ने छ ।

Comments