पी सी एन् बर्दिया,१९फागुन
। गुलरिया नगरपालिकाका कार्यकारी अधिकृत धर्मराज न्यौपानेले नदी कटान नै गुलरियाको
प्रमुख समस्या भएकाले सो लागि पर्याप्त बजेट विनियोजन गर्न सरकारसंग आग्रह
गर्नुभएको छ।
गुलरियाको दिर्घकालिन विकासका लागि नदी
नियन्त्रण नै हाम्रा लागि प्रमुख चुनौति हो ,समयमै
बबई नदी नियन्त्रण गर्न नसके गुलरियाको अस्तित्व नै संकटमा पर्छ त्यसैले सरकार त्यसका
लागि गंभीर बनि पर्याप्त बजेट विनियोजन गर्नुपर्छ ः अधिकृत न्यौपानेको भनाई छ ।
उंहाले स्थानीय विकास मन्त्रालय मार्फत एशियाली
विकास बैंकको परियोजना मार्फत नदी नियन्त्रण र नगरपालिकाकाको भौतिक पुर्वाधार
विकास सम्बन्धि धेरै काम गर्न सकिने स्पष्ट पार्दै सरकारसंग सो परियोजना मांग गर्नुभयो ।
बुधवार उपप्रधान तथा स्थानीय विकास तथा संघीय
मामिला मन्त्री प्रकाशमानसिंह श्रेष्ठको बर्दिया आगमनको बेला आफुले नगरपालिकाका
तर्फबाट नदी कटान नियन्त्रण,रिंग रोडर कृष्णसार संरक्षणका लागि
विशेष कार्यक्रम मांग गर्ने अधिकृत न्यौपानेको भनाई थियो ।
गुलरिया बर्दियाको सदरमुकाम हो, दुर्लभ
वन्यजन्तु कृष्णसारको वासस्थान पनि हो समयमै नसोचे सदरमुका पनि जान्छ कृष्णसार पनि
जान्छ उहांको भनाई थियो ।
हालै मात्र सरुवा भई नगरपालिकाको कार्यकारी
अधिकृत पदमा आउनु भएका अधिकृत न्यौपानेले स्थानीय निकायमा जनप्रतिधि नंहुदा आफुलाई
काम गर्न निकै ग्राहो भएको बताउदै विकासका कामहरु प्रभावकारी रुपले गर्न गराउन
स्थानीय निर्वाचन तत्काल गर्नुपर्ने आवश्यकता रहेको जिकीर गर्नुभयो ।स्थानीय निकाय
संचालनमा स्थानीय विकास मन्त्रालय ,राजनैतिक दलहरुबाट पर्याप्त सहयोग
पाएको उंहाको भनाई थियो।
Comments
Post a Comment