मङगलबारदेखि मौसममा सुधार आउने

पी सी एन्,१७फागुन ।  मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले देशभर बदली भएको जनाएको छ । न्यूनचापीय प्रण्ाँली अरब सागरस“ग सङगम समिश्रण्ँ हु“दा पश्चिमी वायुले ठूलो रुप लिएको हो । भूमध्यसागरबाट सो वायु नेपालको पश्चिमी भेग हु“दै देशभर प्रभाव पारेकाले डडेल्धुरा, दीपायल, धनगढी, सुर्खेत, नेपालगन्ज, जुम्ला, दाङ, भैरहवालगायतका स्थानमा वर्Èात् भएको महाशाखाका मौसमविद् शान्ति क“डेलले जानकारी दिए ।  भूमध्य सागरबाट आउने वायुले उच्च वायुमण्डलमा गतिविधि सञ्चालन गर्दा हावाको चाप बढेमा खराब मौसमको विकास भई यस किसिमको परिस्थिति उत्पन्न हुने गर्दछ । सोमबारसम्म देशभर नै बदली भई, उच्च हिमाली भेगमा भारी हिमपात हुने छ भने मध्यमाञ्चल तथा पूर्वी Ôेत्रका पहाडी भेगमा आंशिक हिमपात हुने छ । सो वायुको प्रभाव कायम रह“दासम्म काठमाडौ“लगायतका पहाडी स्थानमा केही चिसो बढ्ने छ । मौसमविद् क“डेलले वायुको प्रभाव मङगलबारबाट कम हु“दै जाने र मौसममा पनि सुधार आउने जानकारी दि“दै त्यसपछि चिसो हट्ने तथा गर्मी बढ्न थाल्ने बताए । डिसेम्बर, जनवरी र फेब्रुअरी जाडोको मौसम भएकाले महाशाखाले अहिले भएको चिसो तथा फाटफुट वर्Èालाई सामान्य मानेको छ ।

Comments