लगातारको वर्षाले बर्दियाको तरकारी र मसुरो बालीमा क्षति



पी सी एन्,१८फागुन । असिना र लगातारको वर्Èाका कारण बर्दियामा तरकारी र मुसुरो बालीमा Ôति पुगेको जिल्ला कृÈि विकास कार्यालय बर्दियाले जनाएको छ । जिल्लाका विभिन्न Ôेत्रमा परेको असिनापानीका कारण खेतमा रहेको तरकारी र मुसुरोमा असर परेको हो । गोलाशिवपुरसूर्यपटुवाठाकुरद्धारानेउलापुर गाविसलगायत गुलरिया नगरपालिका Ôेत्रमा परेको असिनाका कारण तरकारी र मुसुरोमा असर परेको जिल्ला कृÈि विकास कार्यालयका बाली विकास अधिकृत विनोद ज्ञवालीले जानकारी दिनु भयो ।
अहिलेको वर्Èाले गहु र अडहरलाई रामैर भए तापनि असिना परेका कारण तरकारी बाली र मुसुरोमा Ôति पुगेको छ । ज्ञवालीले किसानले Ôतिको विवरण पेस गरिरहेका कारण कति Ôति भयो भन्ने यकिन नभए पनि करिब तीन हजार हेक्टरमा लगाएको तरकारी बालीमा करिब आधा जति Ôति भएको हुन सक्ने बताउनुभयो । यसैगरी १८ हजार हेक्टरमा लगाइएको मुसुरो पनि Ôति भएको बताइएको छ ।

बर्दियाका किसानले अहिले १९ हजार ५०० हेक्टर जमिनमा गहुखेती गरिरहेका छन् । अहिलेको वर्Èाले गहु“ बालीलाई भने फाइदा भएको शिवपुर गाविसमा किसान उदय सुनारले बताउनुभयो । बर्दियाका किसानले खेती गर्दा बिमा गराउने गरेका कारण तरकारीखेती सगसगै अन्य नगदेबाली खेती गर्ने किसानको संख्या बढ्दै गएको जिल्ला कृÈि विकास कार्यालयले जनाएको छ ।

Comments