लागु औषधको आरोपमा पक्राउ परि भारतीय जेलमा रहेका नेपालीहरुलाई कानुन व्यवसायी उपलब्ध गराउन बारका पुर्व अध्यक्ष शाहको सरकारलाई आग्रह

महेन्द्र उपाध्याय
नेपालगंज,१६चैत्र।पुनरावेदन बार नेपालगन्जका पूर्व अध्यÔ अधिवतmा लोक बहादुर शाहले लागु औषध लगायत बिभिन्न मुद्दामा भारतको बहराईच जेलमा थुनामा रहेका नेपालीहरुलाई प्रतिरक्षाका लागि कानुन व्यवसायी उपलब्ध गराउन नेपाल सरकारसंग आग्रह गर्नु भएको छ। उंहाले नेपाली थुनुवा र कैदीको अवस्थाबारे चासो राखि तत्काल आवश्यक पहल थाल्न समेत सरकारसंग आग्रह गर्नुभयो।
विभिन्न आरोपमा पक्राउ गरीे बहराइच जेलमा राखिएका नेपाली थुनुवा र कैदीले आर्थिक अभावका कार कारण निजी कानुन व्यवसायी राख्न नसक्दा  समयमै मुद्दा किनार लाग्न नसकेकाले उनीहरु  लामो समयदेखि जेलमा बस्न बाध्य रहेको अध्यक्ष शाहको भनाई छ । त्यंहाथित अदालतले नेपाली थुनुवा तथा कैदीलाई मुद्दा सुनुवाईको क्रममा वैतनिक कानुन व्यवसायी उपलब्ध गराए पनि प्रभावकारी भने हुन  नसकेको उंहाको भनाई छ ।
बहराईच जेलका थुनुवा तथा कैदी भेटेर फर्किएका अध्यक्ष शाहले सरकारबाट कानुन व्यवसायी उपलब्ध हुने व्यवस्थाले भारतीय जेलमा रहेका नेपालीको मुद्दा समयमै फैसला भई दोÈी जेल बस्थे र निर्दोÈ भने चाडै  जेलबाट रिहा हुने स्थिति बन्नेमा विश्वास व्यतm गर्नुभयो। कानुन व्यवसायी राख्न नसक्दा उनीहरुमाथि लगाइएको अभियोगसहितका कतिपय मुद्दाको समयमा सुनुवाइ हुन सकेको छैन जसका कारण मुद्दा अनुसन्धान क्रममै लामो समय जेल बस्नु परेको  छ । डिफेन्स लागूऔÈध लगायत आरोपमा धेरै नेपाली महिला तथा पुरुÈ बहराईच जेलमा थुनुवा र कैदी जीवन बिताईरहेका छन्।  बहराइच जेलमा लागु औषधको आरोपमा पक्राउ परेका नेपालीहरु भारतीयको प्रलोभनमा परी भरियाका रुपमा  मात्र प्रयोग भएको  देखिन्छ ः अध्यक्ष शाहले भने ।
बहराइच जेलका प्रमुख एके सिंहले जेलमा  ३०महिला सहित ७१ जना नेपालीहरु रहेको र  आर्थिक अवस्था कमजोर भएका कारण उनीहरुले कानुन व्यवसायी राख्न नसक्दा उनीहरुमाथि दायर गरिएको मुद्दाको सुनुवाइ प्रभावित हुने गरेको बताउनु भयो ।
बहराइच जिल्ला बारका अध्यÔ दयाप्रसा मिश्रले पनि नेपाली कैदी र बन्दीका लागि नेपाल सरकारले कानुन व्यवसायी उपलब्ध गराउने हो भने लामो समयसम्म जेल बस्न नपर्ने स्पष्ट पार्नुभयो
लागू औÈध तस्करीका भरियाका आरोपमा पक्राउ परेका नेपालीको समयमै मुद्दा सुनुवाइ नहुदा ६ वर्Èसम्म जेल बस्नु परेको छ। लागू औÈध कारोबारमा पक्राउ परेका रुकुमकी गीता केसी र रोल्पाकी निर्मला रोकाय ६ वर्Èदेखि जेल सजाय भोगिरहेका छन्। तर, उनीहµको मुद्दाको सुनुवाइ भने हुन सकेको छैन।
बाकेका निमितm प्रमुख जिल्ला अधिकारी जीवन दुलालले विभिन्न आरोपमा पक्राउ परी भारतको बहराइच जेलमा रहेका नेपालीको अवस्थाबारे समयसमयमा भारतीय अधिकारीसग छलफल हुने भए तापनि उनीहरुका लागि कानुन व्यवसायी उपलब्ध गराउनेबारे निर्णय नभएको बताउनु भयो ।

Comments