पी सी एन् ,२१ फागुन, काठमाडौं । प्रेस क्लब अफ नेपालका अध्यक्ष यमनाथ घिमिरेले साझा चाडपर्वको रुपमा रहेको होलिपर्वले मिडिया ,राजनैतिक दल ,सरकार,नेपाली जनता र अन्तर्राष्टिय समुदाय बीच आपसी सम्बन्ध,सद्भाव,सहिष्णुता र भाईचाराको अभिबृद्धि हुने विश्वास ब्यतm गर्नुभएको छ ।
होलि पर्व अर्थात फागु पुर्णिमाको उपलक्ष्यमा शुभकामना सन्देश दिदै अध्यक्ष घिमिरेले नेपालीहरुको जीवन रंगीन ,समुन्नत र प्रगतिशील बनाउन होलि पर्वले प्रेरणा दिने बताउनु भएको छ ।पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर एक आपसमा खुसी साट्नका लागि होलि पर्व सबैलाई उपयुतm अवसर हुने अध्यक्ष घिमिरेको शुभकामना सन्देशमा उल्लेख छ ।
रङहरुको चाड फागुपूर्णिमा देशको पहाडी भेगमा आज भव्यरुपमा मनाईंदैछ भने भोलि तराई क्षेत्रमा मनाईने छ । सत्ययुगमा भगवान विष्ण्ँुका भक्त प्रल्हादलाई मार्नका लागि हिरण्यकश्यपुले विभिन्न जालहरु बुन्दा पनि मार्न नसकेपछि हिरण्यकश्यपुले आगोबाट नजल्ने, नमर्ने बरदान पाएकी होलिकालाई प्रल्हाद्लाई काखमा लिएर आगोमा बस्न लगाउदा भक्त प्रल्हादलाई केही नभएको तर होलिका जलेर नष्ट भइ असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यो पर्व मनाइने गरिएको हो ।
Comments
Post a Comment