पत्रकारहरुलाई एक सुत्रमा आवद्ध गरि व्यवसायिक नेतृत्व प्रदान गर्दे आईरहेको क्लबले प्रशिक्षार्थी पत्रकार ,पत्रकार र लेखकहरुका हक अधिकार र क्षमता विकास एंव सशतिmकरणका निम्ति तालिम, आर्थिक सहयोग र सम्मान समेत गर्दे आईरहेको छ।राष्ट्रका बिभिन्न व्यतिm संस्था,सम्बद्ध निकायहरुसंग समसामयिक गतिविधि तथा विषयवस्तुका बारेमा अन्तरकृया,छलफल,वादविवाद,गोष्ठी साक्षात्कार,सभा सम्मेलन आयोजना गर्नुका साथै संचारसंग सम्बन्धित राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सम्बन्ध बिस्तार गरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भाईचारा सम्बन्धको विकासमा क्लबले महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।
सरकार,स्थानीय निकाय र संघसंस्थाको सहयोगमा क्लबले आगामी दिनमा बहुउदेश्यीय मिडिया सुचना केन्द्र ,पुस्तकालय र छापा तथा विधुतीय पत्रपत्रिका एंव बुलटिन र सामुदायिक रेडियो संचालन गरि सामाजिक विकासमा सहयोग पुरयाउने लक्ष्य समेत लिएको छ ।समसामयिक एंव विकासमुलक कार्यलाई संचार माध्यममा प्रचारप्रसार गरि समाजसुधारका साथै सामाजिक विकासमा सहयोग गर्ने उदेश्ययले २०५८ साल पुष १०गतेका दिन स्थापित क्लब २०५८ साल फागुन १गते जिल्ला प्रशासन कार्यालयमा विधिवत दर्ता भएको हो ।
तपाईहरुसंग रहेका कार्यक्रम ,सुचना ,विज्ञापन ,समाचार हामीलाई उपलब्ध गराई नेपाल विकास अभियानमा हामीलाई अझ बढि प्रेरणा हौसला प्रदान गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछौ ।
भवदीय,
यमनाथ घिमिरे
अध्यक्ष
प्रेस क्लब अफ नेपाल (पी सी एन्)
Email:pressclub.nepal@gmail.com
Blog site/websites:pressclubnepal.blogspot.com
Comments
Post a Comment