बर्दियाको २१औ जिल्ला परिषद् सम्पन्न आर्थिक बर्ष ०७२/०७३को लागि ३ अर्ब ९७ करोड ७४लाख ६७ हजार बजेट पारित



पी सी एन् बर्दिया,२० फागुन ।
आगामी  आर्थिक बर्ष ०७२/०७३को लागि ३ अर्ब ९७ करोड ७४लाख ६७ हजारको वार्षिक नीति,कार्यक्रम तथा बजेट पारित गर्दे  बर्दियाको २१औ जिल्ला परिषद् बुधवार सम्पन्न भएको छ ।स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले प्रस्तुत नीति,कार्यक्रम तथा बजेटलाई परिषद्ले सर्वसम्मतिले पारित गरेको हो।
पारित बजेट मध्ये भौतिक पूर्वाधार तर्फ २४दशमलव ९३ प्रतिशत अर्थात ९९करोड १२लाख १९हजार, आर्थिक विकास तर्फ  १५दशमलव ३३प्रतिशत अर्थात ६०करोड ९९लाख ३१ ह्जार ,वन तथा वातावरण तर्फ १२ दशमलव २८ प्रतिशत अर्थात ८४करोड ६५लाख ६९हजार र  सामाजिक विकास तर्फ ३८दशमलव ४६प्रतिशत अर्थात १अर्ब ५२करोड ९७लाख ४८हजार रकम  छुटयाईएको छ ।
पारित बजेटमा कार्यालय ,संघ सस्था र जिल्ला विकास समिति तथा विषयगत समितिहरुबाट पेश हुन आएका बजेट पनि समावेश रहेको स्थानीय विकास अधिकारी सिग्देललले जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०७२÷०७३ को लागि सहभागितामूलक जिल्ला विकास योजना तर्जुमाको क्रममा जसरी सवै क्षेत्र र तहबाट सक्रिय सहभागी रह्यो सोहि अनुरुप कार्यान्यवनको क्रममा समेत समस्त जिल्लावासीको रायसुझाव र सहयोग एवं सक्रिय सहभागिताको आशा राखेको स्थानीय विकास अधिकारी सिग्देलले बताउनु भयो । उंहाले प्रस्तावित बजेट तथा कार्यक्रमले जिल्लावासीको चाहना र आवश्यकतालाई केही हदसम्म भएपनि पुरा गर्न सफल हुने छ भन्ने आशा र विश्वास  आफुले लिएको पनि बताउनु भयो । 
परिषद्मा  जिल्लाको समग्र विकासमा महत्वुर्ण योगदान गरेको भन्दै जिल्ला कृषि विकास कार्यालय बर्दियाका प्रमुख हिक्मतकुमार श्रेष्ठलाई राष्टसेवक कर्मचारीहरु मध्येबाट दोसल्ला ओढाई र प्रमाण पत्र प्रदान गरि तथा जिविसमा उत्कृष्ट कार्य गरेको भन्दै को कार्यालय सहयोगी हरिकृष्ण चौधरीलाई दोसल्ला ओढाई ,प्रमाण पत्र र नगद रु ५००० प्रदान गरि सम्मान गरिएको छ ।
यस्तै प्रवेशिका परिक्षामा उत्कृष्ट अंक ल्याउने ५जना बिधार्थीलाई पनि जनही नगद रु पांचहजार ,प्रमाण पत्र र दोसल्ला सहित सम्मान गरिएको नायब सुब्बा ओमप्रसाद ज्ञवालीले बताउनु भयो । 
सम्माानित हुनेमा समग्र बिधार्थी तर्फ लिटिल हेभन सेकेण्डरी स्कुल गुलरियाका दिपा बस्नेत,आदिवासी जनजाति तर्फ  द भ्वाईस एकेडिमी मगरागाडिका गजेन्द्रसिंह थारु,मधेशी मुस्लिम तर्फका  जनज्योती उमावि गुलरियाका ओशी अहमद हलुवाई ,राजी  तर्फ गुरास उमावि सानोश्रीका विशाल राजी र दलित तर्फका  द भ्वाईस एकेडिमीका  रुपेश स्वर्णाकार रहनु भएको छ । 
परिषद्लाई सभासदहरु संजयकुमार गौतम, लिला राना,सन्तबहादुर थारु र निर्मल सुबेदी, प्रमुख जिल्ला अधिकारी नरहरी बराल ,राजनैतिक दल,नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गर्नुभएको थियो ।
जिल्ला विकास समिति बर्दियाको २१औ जिल्ला परिषद्को परिषद्को चार जना सभासदहरु –संजयकुमार गौतम, लिला राना,सन्तबहादुर थारु र निर्मल सुबेदीले संयुतm रुपमा उद्घाटन गर्नुभएको छ ।उहांहरुले हजारीले फुलको विरुवामा पानी हाली र पानसमा दीप प्रजवलित गरि परिषद्को उद्घाटन गर्नुभएको हो ।यस अघि उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठले परिषद्को उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । टकिर्स एयरलाइन्सको जहाज दुर्घटना भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण कार्यक्रम स्थगित भएपछि चार जना सभासदहरुले संयुतm रुपमा परिषद् उद्घाटन गर्नुभएको हो ।

Comments