बर्दियाको ढोढरी बेलवामा एकदिने निःशुल्क मुटु जांच शिविर सम्पन्न , १हजार १सय १६जनाको स्वास्थ्य जांच कार्य सम्पन्न
भगवती लामछाने
बर्दिया,३०फागुन। साथी र नेपालगंज मेडिकल कलेजको स्थानीय साझेदारी तथा जयन्ती मेमोरियल ट्रष्ट,ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक)को संयुतm आयोजनामा आज शनिवार बर्दियाको ढोढरीमा निःशुल्क मुटु जांच तथा उपचार शिविर जारि रहेको छ ।
शिविरमा ६सय ७२जना महिला र ४सय ४४ जना महिला गरि १हजार १सय १६जनाको मुटु परिक्षण गरिएको छ । मुटु जांच गराएका मध्ये १६जनालाई शहिद गंगालाल हृदय रोग निवारण केन्द्रमा र १००जनालाई मेडिकल कलेज नेपालगंज रिफर गरिएको जयन्ती ट्रष्टका कार्यक्रम अधिकृत झरनजंग शाहीले जानकारी दिनुभयो ।
ढोढरीस्थित नेपाल राष्टिय उच्च माध्यामिक विधालय बेलवाको परिसरमा संचालन भएको सो शिविरमा रवि मल्लको नेतृत्वमा शहिद गंगालाल हृदय रोग निवारण केन्द्रबाट आएको १२जना चिकित्सकहरुको टोलीले मुटु जांच गरेका छन् ।
शनिवार बिहान ८बजेदेखि बेलुका ५बजेसम्म शिविर संचालन भएको जयन्ती मेमोरियल ट्रष्टकी प्रबन्धक आज्ञा खांडले जानकारी दिनुभयो ।
शिविरमा रुडुकद्धारा पहिचान गरिएका गरिब अति गरिब परिवारका मुटु रोगीहरुलाई औषधी निशुल्क उपलब्ध गराउनुका साथै तथा अप्रेशनमा समेत सहयोग गरिने प्रबन्धक खांडले जानकारी दिनुभयो ।
एक दिने स्वास्थ्य शिविरलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न जयन्ती टष्टकी स्थापक अध्यक्ष डा. आरजु राणा देउवा,साथी संस्थाका प्रतिभा राणा,सरोज शाह र शारदा सिंह र नेपालगंज मेडिकल कलेजका डा सुरेश कनौडिया समेत बेलवा पुग्नु भएको थियो ।
Comments
Post a Comment