मानव बेचबिखन विरुद्धको फोटो प्रर्दशनी नेपालगंजमा आज सकिदै



पी सी एन्, २९फागुन । साथी  र प्लानेट ईन्फेन्ट्स ललितपुरको आयोजनामा जिल्ला प्रशासन कार्यालय परिसर बांकेमा संचालित बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी आज सकिदैछ । 
बेचबिखनको घटनाले बेचबिखन र शोषणको शिकार भएका महिलाहरुको जीवन र परिवारलाई पारेको प्रभाव तथा बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको सो  फोटो प्रर्दशनीको बिहीबारसम्म २ हजार भन्दा बढिले अवलोकन पनि गरिसकेका छन् ।
फोटो प्रर्दशनीको अवलोकन गर्नेमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी ,महिला र सर्वसाधारणहरु रहेका छन्।
महिलामाथि हुने गरेको शोषण र मानव बेचबिखनबारे जनचेतना जगाउने लक्ष्यका १०५औं अन्तर्राष्टिय महिला दिवसको अवसर पारेर फागुन २४गते आईतवार देखि शुरु भएको फोटो प्रर्दशनीको बांकेका प्रमुख जिल्ला अधिकारी बेदप्रकाश लेखकले उद्घाटन गर्नुभएको थियो ।
बेचबिखन र शोषणको सिकार भएका महिलाहरू र बेचबिखन बिरुद्ध लडिरेहको अधिकारकर्मीहरुको समेत गरि ४४ वटा फोटो प्रर्दशनीमा राखिएको कार्यक्रम संयोजक यम घिमिरेले जानकारी दिनुभयो  । प्रर्दशनीकै सिलसिलामा मानव वेचविखन तथा रोकथाम सम्वन्धमा चेतना अभिवृद्धि गर्ने एवं सम्वधित सरोकारवाला निकायहरु विच समन्वय वृद्धि गर्ने उद्धेश्यले बुधबार एक दिने कार्यशाला गोष्ठी आयोजना  गरिएको थियो । कार्यशाला गोष्ठीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न संयुक्त कार्ययोजना समेत निर्माण गरेको छ ।
मानव बेचबिखन बिरुद्धको फोटो प्रर्दशनी चैत्र ३देखि ९गतेसम्म धनगढीमा ,चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा पनि आयोजना गर्न लागिएको छ । नेपालगंज र धनगढीमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ । प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनी गर्न लागिएको फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।

उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा  फोटोग्राफिक जर्नी हो यसले मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश पार्दछ साथीका कार्यक्रम संयोजक घिमिरेले भन्नुभयो ।
प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउदछ।

ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्न— आत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न — योगदान पु¥याउँने साथीका संयोजक घिमिरेले बताउनु भयो। 
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टस  नेपालमा सन् १९९७ मा स्थापना भएको हो । शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नयाँ मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नयाँ प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।

Comments