उप प्रधान मन्त्री एंव कांग्रेस महामन्त्री श्रेष्ठले बर्दिया कांग्रेस कार्यकर्तालाई आज बिहान पार्टी कार्यालयमा निर्देशन दिने


पी सी एन् ,२०फागुन।जिल्ला परिषद्को उद्घाटनको सिलसिलमा बर्दिया आईपुग्नु हने उपप्रधानमन्त्री एंव कांग्रेस महामन्त्री ंिसहले बिहान १०ः३० बजे नेपाली कांग्रेसको जिल्ला कार्यालयमा कार्यकर्ताहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।कांग्रेस महामन्त्री समेत रहनु भएका उपप्रधानमन्त्रीले पार्टी कार्याकर्तालाई निर्देशन दिने कार्यक्रम छ त्यसैले पार्टीका सम्पुर्ण साथीहरुलाई उपस्थितिका लागि आग्रह गर्दछु ः कांग्रेस जिल्ला सभापति एंव सभासद सजंय गौतमले भन्नुभयो ।कांग्रेस कायकर्तालाई निर्दैशन दिए लगतै खाना खाईसकेर उपप्रधानमन्त्री श्रेष्ठ जि वि स मा गई २१औ जिल्ला परिषद्को उद्घाटन गर्नुहुनेछ ।
उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री तथा कांग्रेस महामन्त्री प्रकाशमानसिंह श्रेष्ठ आज बर्दिया आउदै हुनुहुन्छ।
जिल्ला विकास समितिको २१औ जिल्ला परिषद् उद्घाटन गर्न उपप्रधानमन्त्री श्रेष्ठ आज बर्दिया आउने कार्यक्रम रहेको छ।मन्त्री सिंहले बुधबार दिउंसो १बजे एक समारोहका बीच २१औ जिल्ला परिषद्को उद्घाटन गर्नु हुनेछ।जिल्ला परिषद्को उद्घाटन कार्यक्रम सकेलगतै उपप्रधानमन्त्री श्रेष्ठ आजै काठमाण्डौ फर्कनु हुने कार्यक्रम छ। 
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले परिषद्को सम्पुर्ण तैयारी पुरा भएको भन्दै परिषद्लाई भव्य र सभ्य रुपमा सफल पार्न सबैमा आग्रह गर्नुभएको छ । स्था
नीय विकास अधिकारी सिग्देलले परिषद्मा आर्थिक बर्ष ०७२÷ ७३का लागि करिब ४ अर्ब बराबरको बार्षिक नीति कायक्रम तथा बजेट प्रस्तुत गर्नु हुने जि वि स स्रोतले जनायो ।
आज प्रस्तुत हुने बजेटमा भौतिक पुर्वाधार तर्फ सबैभन्दा बढि र वन तथा वातावरण संरक्षणमा सबैभन्दा कम रहेको छ ।सोमवार मात्रै जिल्ला विकास समिति बर्दियाको बैठकले एकीकृत विकास समितिबाट पेश हुन आएका कार्यक्रम तथा बजेट स्वीकृतिका लागि परिषद्मा पेश गर्ने निर्णय गरेको थियो ।सभासद्,राजनैतिक दल,बिषयगत कार्यालय,विकाससंग सम्बन्धित सरकारी गैर सरकारी कार्यालय ,नागरिक समाज,संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरु गरि परिषद्मा २ सय भन्दा बढीको सहभागिता हुने अपेक्षा राखिएको छ ।

Comments