पी सी एन् ,२० फागुन । टकिर्स एयरलाइन्सको जहाज दुर्घटना भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उपप्रधानमन्त्री प्रकाशमानसिंह श्रेष्ठ बर्दिया भ्रमणको कार्यक्रम स्थगित भएको छ ।आज बिहान बुद्ध एयरमा काठमाण्डौबाट नेपालगंज हुदै जिल्ला विकास समिति बर्दियाको २१औ जिल्ला परिषद् उद्घाटन गर्न उप प्रधानमन्त्री श्रेष्ठ गुलरिया आउने कार्यक्रम थियो । उंहाले बर्दिया कांग्रेसका कार्यकर्तालाई निर्देशन दिने कार्यक्रम पनि थियो । उपप्रधानमन्त्री एंव पार्टी महामन्त्री नआएपछि जिल्ला कार्यालय आएका कांग्रेस कार्यकर्ताहरु निरास भएर घर फर्केका थिए ।
उपप्रधानमन्त्री नआउने भएपछि चार जना सभासद्ले संयुतm रुपमा परिषद् उद्घाटन गर्दे हुनुहुन्छ । संविधान सभाका सदस्य एंव सभासद संजयकुमार गौतम,लिला राना,निर्मल सुवेदी र सन्तकुमार थारुले संयुतm रुपमा परिषद् उद्घाटन गर्नु हुने स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले जानकारी दिनुभयो।
टर्कीको इस्तानबुलबाट २२७ यात्रु बोकेर काठमाडौं आएका टकिर्स एयरलाइन्सको जहाज दुर्घटना भएपछि सांझ ५बजेसम्मका लागि अन्तराष्ट्रिय उडानमा रोक लगाईएको छ । कुहिरोका कारण बिहानभरि रोक लगाईएको आन्तरिक उडान भने बिहान ११बजेबाट संचालनमा ल्याईएको छ । आज बिहान पौने ८ बजे काठमाडौंस्थित त्रिभूवन विमानस्थलमा पहिलोपटक अवतरण गर्न खोज्दा असफल भएपछि दोस्रो पटक पुनः अवतरण गर्न खोज्दा अनियन्त्रित भई धावनमार्गबाट बाहिर घा“से मैदानतिर गएर विमान दुर्घटना भएको थियो ।दुर्घटनामा परी चार जना सामान्य घाइते भएका थिए भने अµ सबै यात्रु सकुशल रहेका थिए । विमान आपत्कालीन अवतरण गरेलगत्त विमानको एमर्जेन्सी ढोका खोलेर सबै यात्रुलाई बाहिर निकालिएको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चुडालले जानकारी दिनुभयो ।
Comments
Post a Comment