नेपालगंज,२४ फागुन । नेपालमा सर्वप्रथम बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी आजबाट बांकेको नेपालगंजमा शुरु भएको छ । महिलामाथि हुने गरेको शोषण र मानव बेचबिखनबारे जनचेतना जगाउने लक्ष्यका साथ सो फोटो प्रर्दशनी आयोजना गरिएको हा
प्लानेट ईन्फेन्ट्स र साथी संस्थाद्धारा संयुतm रुपमा आयोजित सो प्रर्दशनीको बांकेका प्रमुख जिल्ला अधिकारी बेद प्रकाश लेखकले जिल्ला प्रशासन परिसरमा रिबन काटी उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै प्रजिअ अधिकारीले फोटो प्रर्दशनीले मानव बेचबिखन नियन्त्रणमा सचेतना प्रदान गरि सहयोग पुरयाउने विश्वास ब्यतm गर्नुभयो । उंहाले वैदेशिक रोजगारीका नाममा अहिले महिला तथा पुरुषहरु बेचबिखनमा परिरहेको बताउदै फोटो प्रर्दशनीले विदशे जान युवा युवतीहरुलाई सचेतना प्रदान गर्ने विश्वास ब्यतm गर्नुभयो । मानव बेचबिखन अहिले नेपालकै प्रमुख समस्या भएकाले मानव बेचबिखन नियन्त्रणका लािग विगत दुई दशकदेखि साथी र प्लानेटले खेलेको भुमिकाका प्रंशसा गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै साथीका कार्यक्रम संयोजक यम घिमिरेले उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा फोटोग्राफिक जर्नी रहेको र यसले बेचबिखन र शोषणको सिकार भएका महिलाहरूलाई बेचबिखनको घटनाले उनीहरूको जीवन र परिवारलाई कस्तो प्रभाव पा¥यो भनेर प्रकाश पार्नुका साथै यसले बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको बताउनु भयो ।
प्रर्दशनीको उद्घाटन कार्यक्ममा बोल्दै प्लानेट ईन्फेन्ट्सका प्रतिनिधि इंग्रिड चिरोनले प्रर्दशनीले मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश
प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउँने उनले विश्वास गरिन ।
१०५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बांकेको नेपालगंजमा शुरु गरिएको उज्जवल महिला नामक फोटो प्रर्दशनी फागुन ३०गतेसम्म चल्ने छ ।
यो प्रदर्शनी फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान्ट्स, यसका स्थानीय साझेदारहरु साथी,क्याप नेपाल र शतिm समुह तथा नेपालमा सन् २०११ देखि मानव बेचबिखन र शोषणका घटनाहरुको अभिलेखन गर्न सुरु गरेकी नाताली डी ओलिभेइरा बीचको सहकार्यको परिणाम हो । उनले आफूनो तस्बिरमा समेटिएका महिलाहरूमा उल्लेखनीय परिवर्तन भइरहेको देखिन् — लजालु र गम्भीर स्वभावका उनीहरू आत्मविश्वासी र प्रसन्न बने । यो रूपान्तरण मुख्यतया प्लानेट एन्फ्यान्ट्स र यसका साझेदारहरू, शक्ति समूह, साथी तथा क्याप नेपालद्वारा पीडितहरूलाई सहयोग गर्न प्रारूपण गरिएका सशक्तीकरण कार्यक्रमका विभिन्न कदमहरूले गर्दा आएको हो । कखरा समूहबाट यसको सुरुआत हुन्छ (अधिकांश महिलाहरू शिक्षाबाट वञ्चित रहेको मुलुकमा) र उनीहरूलाई स्वायत्त बनाउन मद्दत गर्ने आयआर्जनका विभिन्न परियोजना हुँदै उजुरी दर्ता गर्न, वा घरेलु महिलाको हकमा सम्बन्ध विच्छेद हासिल गर्न, सघाउने महिला संरक्षण समितिसम्म यो पुग्छ ।
ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्न— आत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न — योगदान पु¥याउँने साथीका संयोजक घिमिरेले बताउनु भयो।
यस्तै चैत्र ३देखि ९गतेसम्म धनगढीमा ,चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा सो प्रर्दशनी गर्न लागिएको छ । प्रर्दशनी आयोजना गर्न नेपालगंजमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ । प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिने छन् । प्रर्दशनी गर्न लागिएको फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टस नेपालमा सन् १९९७ मा स्थापना भएको हो । शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नयाँ मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नयाँ प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।
Comments
Post a Comment