पी सी एन् नेपालगंज,२८ फागुन । बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी आज पांचौ दिन बिहीबार पनि जिल्ला प्रशासन कार्यालय परिसर बांकेमा जारि रहेको छ ।
बेचबिखनको घटनाले बेचबिखन र शोषणको शिकार भएका महिलाहरुको जीवन र परिवारलाई पारेको प्रभाव तथा बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको सो फोटो प्रर्दशनीको बुधवार पनि अवलोकन गर्ने क्रम पनि जारि रहेको थियो।
बुधवार पनि राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी ,महिला र सर्वसाधारणहरुले फोटो प्रर्दशनी अवलोकन
गरेका छन् ।
महिलामाथि हुने गरेको शोषण र मानव बेचबिखनबारे जनचेतना जगाउने लक्ष्यका प्लानेट ईन्फेन्ट्स र साथी संस्थाद्धारा आईतवारबाट शुरु भएको सो फोटो प्रर्दशनीको हालसम्म एक हजार पांचसय भन्दा बढिले अवलोकन गरेको साथीका कार्यक्रम संयोजक यम घिमिरेले बताए । प्रर्दशनीमा बेचबिखन र शोषणको सिकार भएका महिलाहरू र बेचबिखन बिरुद्ध लडिरेहको अधिकारकर्मीहरुको ४४ वटा फोटो प्रर्दशनीमा राखिएको छ । प्रर्दशनीकै सिलसिलामा मानव वेचविखन तथा रोकथाम सम्वन्धमा चेतना अभिवृद्धि गर्ने एवं सम्वधित सरोकारवाला निकायहरु विच समन्वय वृद्धि गर्ने उद्धेश्यले बुधबार एक दिने कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय परिसरमा रहेको कर्मचारी मिलन केन्द्रको हलमा आयोजना गरिएको सो गोष्ठीमा आमा समुह,महिला अधिकारकर्मी, सामाजिक परिचालक रं मानव वेचविखन तथा ओसारपसार रोकथामका लागि कार्यरत गैससका प्रतिनिधीहरु,सरकारी निकाय र संचारकर्मीहरुको सहभागिता रहेको थियो। गोष्ठीमा मानव बेचबिखनको परिभाषा ,मानव बेचविखन बेचविखनको प्रयोजन, बेचविखन नियन्त्रणमा देखिएका समस्या, दलालहरु बेचविखनको निम्त प्रयोग गर्ने हत्कण्डा,मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ को दण्डसजायँ सम्वन्धी व्यवस्था र कार्यविधि,उद्धार पुनस्र्थापना तथा पुनर्मिलन सम्वन्धी ऐनको व्यवस्था को बारेमा यम घिमिरेले सहजिकरण गर्नु भएको छ ।
एक दिने कार्यशालाले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न संयुक्त कार्ययोजना समेत निर्माण गरेको छ ।
१०५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुरु गरिएको उज्जवल महिला फोटो प्रर्दशनी फागुन ३० गतेसम्म संचालन हुने संयोजक घिमिरेले बताउनु भयो ।
उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा फोटोग्राफिक जर्नी हहो यसले मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश पार्दछ ।
प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउदछ।
ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्न— आत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न — योगदान पु¥याउँने साथीका संयोजक घिमिरेले बताउनु भयो।
यस्तै चैत्र ३देखि ९गतेसम्म धनगढीमा ,चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा पनि मानव बेचबिखन बिरुद्ध प्रर्दशनी गर्न लागिएको छ । प्रर्दशनी आयोजना गर्न नेपालगंजमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ । प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनी गर्न लागिएको फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टस नेपालमा सन् १९९७ मा स्थापना भएको हो । शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नयाँ मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नयाँ प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।
Comments
Post a Comment