बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित उज्ज्वल महिला फोटो प्रर्दशनी जारि
नेपालगंज,२६ फागुन । प्लानेट ईन्फेन्ट्स र साथी संस्थाको संयुतm आयोजनामा बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी
आज मंगलबार तेश्रो दिन पनि जारि रहेको छ । नेपालगंजस्थित जिल्ला प्रशासन परिसरमा जारि मानव बेचबिखन बिरुद्धको फोटो प्रर्दशनीको अवलोकन गर्ने क्रम पनि जारि रहेको छ ।
महिलामाथि हुने गरेको शोषण र मानव बेचबिखनबारे जनचेतना जगाउने लक्ष्यका आईतवारदेखि शुरु भएको फोटो प्रर्दशनीको सोमवार राजनैतिक दलका प्रमुख प्रतिनिधि,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि संचारकर्मी र सर्वसाधारणहरुले अवलोकन गरेका छन् ।
१०५औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर जिल्ला प्रशासन कार्यालय बांकेको परिसरमा शुरु गरिएको उज्जवल महिला नामक फोटो प्रर्दशनी फागुन ३०गतेसम्म चल्ने साथीका कार्यक्रम संयोजक यम घिमिरेले जानकारी दिनुभयो ।
उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा फोटोग्राफिक जर्नी रहेको र यसले बेचबिखन र शोषणको सिकार भएका महिलाहरूलाई बेचबिखनको घटनाले उनीहरूको जीवन र परिवारलाई कस्तो प्रभाव पा¥यो भनेर प्रकाश पार्नुका साथै यसले बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको संयोजक घिमिरेले जानकारी दिनुभयो ।
मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश
प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउँने उनले विश्वास गरिन ।
ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्न— आत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न — योगदान पु¥याउँने साथीका संयोजक घिमिरेले बताउनु भयो।
यस्तै चैत्र ३देखि ९गतेसम्म धनगढीमा ,चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा सो प्रर्दशनी गर्न लागिएको छ । प्रर्दशनी आयोजना गर्न नेपालगंजमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ । प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनी गर्न लागिएको फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टस नेपालमा सन् १९९७ मा स्थापना भएको हो । शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नयाँ मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नयाँ प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।
Comments
Post a Comment