विदेश पठाउने नाममा रिक्वायरमेन्ट म्यानपावरका एजेण्टद्धारा ठगि 
पीडितद्धारा कारवाही माग गर्दे का प्रशासनमा उजुरी

पी सी एन ,१९फागुन ।बाके होलिया, गंगापुर र मटेहिया गाविसका आधा दर्जन युवाहरु विदेश पठाउने नामबाट म्यान पावर कम्पनीको एजेन्टबाटै ठगिएको आरोप लगाउदै कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बाके पुगेका छन् ।
जग्गा बन्धकी राखेर रोजगारका लागि विदेश जाने रहर बोकेका ती युवाहरुले विदेश पठाउने भनि एजेन्टले मोटो रकम लिएपनि तीन महिना बितिसक्दा समेत विदेश नपठाएकोले प्रशासनमा उजुरी दिनु परेको बताएका छन् ।

मलेसिया पठाउने नाममा एक लाख ६० हजारका दरले गंगापुर ९ बस्ने राम कुवारे यादव, वडा नं.३ बस्ने रÔाराम यादव र होलिया १ बस्ने कैलाश मौर्यबाट ४ लाख ८० हजार रुपियाएजेन्टले असूल गरि तीन महिनादेखि विदेश पठाउने अश्वासन दिदै आएको पीडितहरुले बताएका छन् । लगातारको दबावपछि दुई जनाको दुई लाख रुपैया फिर्ता गरिएको छ। गंगापुरका कुवारे यादवले भने ःमेरो १ लाख ९० हजार रुपैया फिर्ता लिन बाकी रहेको छ । पटक पटक रकम फिर्ता माग गरेको तर लीडिंग फोरेन रिक्वायरमेन्ट प्रा.लि. बत्तिस पुतली ९ काठमाडौका राम प्रसाद पाण्डेले फिर्ता दिन इन्कार गरेको यादवले बताएका थिए । लाइसेन्स नं.६६६०६६÷०६७ रहेको सो कम्पनीका प्रोप्राइटर पाण्डेले एक महिना अघि मलेशिया पठाएका मटेहिया ५ बस्ने रमेश कुमार गोडियालाई भने बमोजिमको काम नदिईएको उनका आफन्तले बताएका छन् । गोडियालाई इलेक्ट्रोनिक सहायकमा पठाएपनि मलेशियामा नाली खन्ने काम गर्नु परेको जानकारी आएको आफन्तको भनाई छ । जनही १७ हजारका दरले पासपोर्ट बनाउन रकम दिएका गंगापुर ९ बस्ने सुरेश गोडिया र महेश बर्माले २ महिना हुन लाग्दा पनि पाण्डेले पासपोर्ट नदिएको बताएका थिए । गंगापुर ९ का राम कुवारे यादवले मलेशिया जान १ लाख ९० हजार दिएको र मलेशियामा पुग्दा भने बमोजिम काम नपाएको तथा कम्पनीले १ महिना २ दिन भित्रै फिर्ता पठाएको गुनासो सुनाउनु भयो । काम गरेको एक महिनाको तलब पनि नपाएको उनले बताए । जग्गा धितो राखेर मलेशिया पुगेका यादव महिना दिन भित्रै फर्किएपछि लगानी गर्ने साहुले आफ्नो रकम फिर्ता माग्न थालेको बताएका थिए । ऋण लिएर विदेश जाने योजना बनाएका युवाहरु अचेल रकम कसरी तिर्ने भन्ने तनावमा परेका छन् । घरबाट तिर्ने स्थिति छैन गंगापुर ९ का रÔाराम बिकले भने , एजेन्टले लिएको रकम मध्ये ६० हजार रुपैया अझै दिएको छैन । रकम फिर्ता गराउनका  लागि जिल्ला प्रशासनमा आइपुगेको हुं  ।

Comments