पी सी एन् २चैत्र। बेचबिखनविरुद्ध लड्ने महिलाप्रति समर्पित फोटो प्रर्दशनी भोली मंगलबारबाट जिल्ला विकास समितिको कार्यालय परिसर धनगढी कैलालीमा शुरु हुदैछ । लानेट ईन्फेन्ट्स ,साथी र शतिm समुहको आयोजनामा संचालन हुने सो प्रर्दशनी चैत्र ९गतेसम्म चल्ने छ।बेचबिखनको घटनाले बेचबिखन र शोषणको शिकार भएका महिलाहरुको जीवन र परिवारलाई पारेको प्रभाव तथा बेचबिखनविरुद्ध लडिरहेका अधिकारकर्मीहरूका कथा समेत प्रस्तुत गरेको सो फोटो प्रर्दशनीमा ४४ वटा फोटो फेलेक्स प्रर्दशनीको लागि राखिएको प्लानेट ईन्फेन्टस्की ईंग्रिद चिरनले बता
ईन ।
फोटो प्रर्दशनीको अवलोकन गर्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि,सरकारी गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधि , संचारकर्मी ,महिला र सर्वसाधारणहरु सबैलाई आयोजकले आग्रह गरेको छ ।
प्रर्दशनीकै सिलसिलामा मानव वेचविखन तथा रोकथाम सम्वन्धमा चेतना अभिवृद्धि गर्ने एवं सम्वधित सरोकारवाला निकायहरु विच समन्वय वृद्धि गर्ने उद्धेश्यले एक दिने कार्यशाला गोष्ठी समेत आयोजना गरि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्न संयुक्त कार्ययोजना समेत निर्माण गरिने छ ।
नेपालगंजबाट शुरु भएको सो फोटो प्रर्दशनी चैत्र १७देखि २३ सम्म सिन्धुपाल्चोकको चौतारामा र चैत्र २७देखि वैशाख ३गतेसम्म हेटौडामा पनि आयोजना गरिने छ । नेपालगंजमा फागुन २४देखि ३०गतेसम्म फोटो प्रर्दशनी गरिएको थियो ।नेपालगंज र धनगढीमा साथी संस्था, धनगढी,चौतारा र हेटौडामा शतिm समुहलाई स्थानीय साझेदार बनाईएको छ । प्लानेट एनफ्यान्ट्सका तर्फबाट नाताली डी ओलिभेइराद्वारा संकलित फोटोहरु प्रर्दशनीमा राखिएका छन् । प्रर्दशनी गर्न लागिएको फोटोका कथाहरु संकलन गर्न बांके ,बर्दिया ,सुर्खेतमा साथी संस्थाले र काठमाण्डौमा साथी र क्याप नेपालले सहयोग पुरयाएका हुन ।उज्ज्वल महिला प्लानेट एनफ्यान्ट्स र फोटोग्राफर नाताली डी ओलिभेइराद्वारा प्रस्तुत तस्बिर यात्रा फोटोग्राफिक जर्नी हो यसले मानव बेचबिखनको चिन्ताजनक परिदृश्यको वास्तविकतालाई उजागर गर्ने प्रयास पनि गरेको र यसले मानव बेचबिखन पीडितको संरक्षणका लागि काम गर्ने रक्षक र संगठनका गतिविधिहरूमाथि प्रकाश पार्दछ साथीका कार्यक्रम संयोजक यम घिमिरेले भन्नुभयो ।प्रर्दशनीमा राखिने तस्बिर र भनाइहरूले भयानक पीडाबाट मुक्त भई आफ्नो जीवनमाथि नियन्त्रण राख्न सक्षम भएका महिलाहरूको दुखलाई आत्मसात गर्ने र सम्झने कर्तव्यलाई पनि दर्शाउदछ।
ग्रामीण क्षेत्रमा र आफ्नै परिवार वृत्तभित्र नेपाली महिला र बालिकाहरू अझै जोखिमपूर्ण र विभेदित अवस्थामा रहेका छन् । तथापि, पुनस्थापना र सशक्तीकरणका कार्यक्रमहरूले मुख्यतया पीडितहरुको छविलाई उजिल्याउन र परिवर्तनशील समाजमा उनीहरूलाई आफ्नो नयाँ ठाउँ खोज्न— आत्मविश्वासी र मिलनसार, फरासिली र उज्ज्वल बन्न — योगदान पु¥याउँने साथीका कार्यक्रम संयोजक यम घिमिरेले बताउनु भयो।
२३ वर्षअघि स्थापित फ्रान्सेली गैरसरकारी संस्था प्लानेट एनफ्यान््टस नेपालमा सन् १९९७ मा स्थापना भएको हो । शिक्षा, सूचना, आयआर्जनका गतिविधि, पीडितलाई न्याय पाउन सहयोग, आदि विस्तृत र समग्र सहयोग मार्फत् बेचबिखन, शोषण तथा हिंसाविरुद्ध महिलाहरुलाई संरक्षण गर्ने यसको प्राथमिक उद्देश्य हो । विगत १५ वर्षभन्दा बढी अवधिदेखि मानवअधिकारका क्षेत्रमा कार्यरत विज्ञ नाताली डी ओलिभेइरा मानवअधिकारका लागि वकालत गर्ने नयाँ मार्ग पहिल्याउन कला, सञ्चारमाध्यम र नयाँ प्रविधिहरुको प्रयोग गर्छिन् । फोटोग्राफी तिनैमध्ये एउटा हो ।
Comments
Post a Comment