बर्दिया,१९फागुन
। उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठ
बुधवार बर्दिया आउदै हुनुहुन्छ।जिल्ला विकास समितिको २१औ जिल्ला परिषद् उद्घाटन
गर्न उपप्रधानमन्त्री श्रेष्ठ आज बुधवार बर्दिया आउने कार्यक्रम रहेको छ ।मन्त्री
सिंहले बुधबार दिउंसो १बजे एक समारोहका बीच २१औ जिल्ला परिषद्को उद्घाटन गर्नु
हुनेछ ।
स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले
परिषद्को सम्पुर्ण तैयारी पुरा भएको भन्दै परिषद्लाई भव्य र सभ्य रुपमा सफल पार्न
सबैमा आग्रह गर्नुभएको छ । स्थानीय विकास अधिकारी सिग्देलले परिषद्मा आर्थिक बर्ष
०७२ ७३का लागि करिब ४ अर्ब बराबरको बार्षिक नीति कायक्रम तथा बजेट प्रस्तुत गर्नु
हुने जि वि स स्रोतले जनायो । बुधबार प्रस्तुत हुने बजेटमा भौतिक पुर्वाधार तर्फ
सबैभन्दा बढि र वन तथा वातावरण संरक्षणमा सबैभन्दा कम रहेको छ ।
सोमवार मात्रै जिल्ला विकास समिति बर्दियाको
बैठकले एकीकृत विकास समितिबाट पेश हुन आएका कार्यक्रम तथा बजेट स्वीकृतिका लागि
परिषद्मा पेश गर्ने निर्णय गरेको थियो ।
परिषद्मा सभासद्,राजनैतिक
दल,बिषयगत कार्यालय,विकाससंग सम्बन्धित सरकारी गैर सरकारी
कार्यालय ,नागरिक समाज,संचारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरु
ग्रि २सय भन्दा बढीको सहभागिता हुने अपेक्षा राखिएको छ ।
Comments
Post a Comment