सतmा पÔलाई दबाब दिन ३० दलीय गठबन्धनको देशैभरी लाठी जुलुश प्रर्दशन , प्रर्दशनको क्रममा प्रहरी र प्रर्दशनीकारीबीच झडप ,झडपमा सभासद सहित दर्जनौ घाईते सोमबारदेखि चैत १८ गतेसम्म सरकारी कार्यालय घेराउ गर्ने , २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने ,नाकावन्दी गर्ने,राजस्व कर असुली रोक्का लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक


सन्तोष यादव
पीसीएन् १५चैत्र । गठबन्धनले घोÈणा गरेका संघर्Èलाई असफल
पार्न सरकारले आवश्यक निर्देशन दिएपनि ३० दलीय गठबन्धनले आईतवार सदरमुकाम गुलरिया लगायत देशैभरका सदरमुकाममा लाठी जुलुस प्रदर्शन गरेको छ।
लाठी जुलुस निकाल्ने क्रममा भैरहवा ,बनेपा,नारायणढ,पोखरा,परासी लगायतका स्थानमा प्रदर्शनकारी र प्रहरीबीच को झडपमा दुबै तर्फका दर्जनौ ब्यतिm घाईते भएका छन्।गुलरियामा भने शान्तिपुर्ण रुपमा लाठी जुलुश प्रर्दशन गरिएको छ । झण्डा बानेको लठीलाई आन्दोलनकारीले लठीको रुपमा प्रयोग गरेका थिए। 
रुपन्देहीको भैरहवामा मोर्चाको लाठी जुलुसमा प्रहरीले हस्तÔेप गरि मोर्चाका कार्यकर्ता घाईते बनाएपछि हस्तक्षेपको विरोधमा ३० दलिय मोर्चाले सोमबार भैरहवा बन्द घोÈणा गरेको छ ।भैरहवाको बुद्धचोकबाट निकाल्न थालिएको लठ्ठी जुलुसमा प्रहरीले हस्तÔेप गर्दा झडपमा परि मोर्चाका केही कार्यकर्ताहरु घाइते भएका छन्।उनीहरुले बोकेका बा“सका लठ्ठी प्रहरीले खोसेको छ ।झडपपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अगाडि पुगेका केही कार्यकर्ताहरुले गृहमन्त्री बामदेव गौतम, प्रमुख जिल्ला अधिकारी तोयम रायमाझी र एसपी राजेन्द्र ढकालको विरोधमा नाराबाजी समेत गरेका थिए ।शान्तिपुर्वक जुलुस प्रदर्शन गर्दा समेत रुपन्देही प्रशासनले लाठीचार्ज गरी कार्यकर्ताहरुलाई घाइते बनाएको  विरोधमा हामीले भैरहवा बजार बन्द आह्वान गरेका हौ“ ः तराई मधेश लोकतान्त्रिक पार्टीका रुपन्देही जिल्ला अध्यÔ अजय वर्माले भने ।
काभ्रेपलाञ्चोकको बनेपास्थित चारदोबाटो चोकमा दिउ“सो २ बजे ३० दलीय मोर्चा र प्रहरीबीच झडप हु“दा एक दर्जन घाईते भएका छन्। झडपमा प्रहरीको लाठी प्रहारबाट आफनो आमालाई भेट्न भनि हि“डेका स्थानीय ६ वर्Èीय विराज थापा समेत घाईते भएका छन् । स्थानीय चा“दनी चोकबाट निस्केको लाठी जुलुसमा प्रहरीले हस्तÔेप गरेपछि भएको झडपमा ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीÔक दीपक भारतीसहित झन्डै एक दर्जन घाइते भएका हुन्।प्रहरी निरीÔक भारतीको दा“हिने हातमा चोट लागेको छ भने अन्य केहीको खुट्टामा चोट लागेको छ । एमाओवादी नेतृत्वको मोर्चाले एमाओवादी जिल्ला कमिटी सदस्य खड्ग थापा लगायत ५ जना घाइते भएको जनाएको छ ।
चितवनको नारायणगढमा ३० दलीय मोर्चाले लाठी जुलुस निकाल्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हु“दा केहीबेर स्थिति तनावग्रस्त भएको थियो । दिउ“सो सवा १२ बजे क्याम्पाचौरबाट लायन्सचोक पुगेको लाठी जुलुसलाई प्रहरीले हस्तÔेप गरि लाठी चार्ज गर्दा लाठी चार्जबाट जिल्ला परिÈद सदस्य ओमनाथ पाण्डेसहित आधा दर्जन नेता कार्यकर्ता घाईते भएको एमाओवादी चितवनका अध्यÔ यमबहादुर परियार ईन्द्रजीत ले बताउनु भयो । यस्तै प्रहरीले पार्टी जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, अध्यÔ परियार, केन्द्रिय परिÈद सदस्य ठाकुर ढकाल, Ôेत्र नं. ५ का ईन्चार्ज अन्जान तिमल्सिना, Ôेत्र नं. ४ का ईन्चार्ज बाबुराम खरेल र वाईसीएलका माडी ईन्चार्ज सन्तोÈ पनेरुलाई गिरफतार गरेको अध्यÔ परियारले जानकारी दिए । 
 पोखराको  न्यूरोडमा पनि मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।हातमा बा“सका भाटा बोकेका मोर्चाका कार्यकर्ताहरुको जुलुस बगर, चिप्लेढुंगा हु“दै न्यूरोड पुगेकाबेला प्रहरीले हस्तÔेप गरेको थियो । प्रहरीको लाठी चार्जपछि जुलुस तितरबितर भएको छ । केहीको टाउको र अनुहारमा चोट लागेको छ ।घाइतेहरुलाई मोर्चाकै कार्यकर्ताहरुले मोटरसाइकलमा राखेर अस्पताल पुरयाएका छन्।मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तÔेप गरेको थियो ।
नुवाकोटमा निकालेको लाठी जुलुसमा प्रहरीले हस्तÔेप गर्दा सभासद्सहित सातजना घाइते भएका छन् ।एमाओवादीका पोलिटव्युरो सदस्य तथा पुर्वमन्त्री हितबहादुर तामाङ, सभासद राममाया बोगटी र राधिका तामाङ नेतृतव लाठी जुलुशमा प्रहरीले हस्तÔेप गर्दा झडप भएको हो ।झडपमा सभासद् राधिका तामाङसहित सात जना प्रदर्शनकारी घाइते भएका छन्।घाइते सभासदसहितका प्रदर्शनकारीको बट्टारस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको ए माओवादी नुवाकोटका अध्यÔ हिरानाथ खतिवडाले बताए । प्रहरीतर्फ दुईजना सामान्य घाइते भएको प्रहरी निरीÔक वीरेन्द्र थापाले जानकारी दिए । शहिद प्रतिष्ठानको कार्यालय विदुर नगरपालिका–१ बान्द्रेवाट निस्केको लाठी जुलुश त्रिशूलीवजार, ढुंगे, सञ्चारचोक, प्रहरी जांचचौकी हुदै विदुरको लोकतान्त्रिक चोकमा पुगेर कोणसभामा परिणत भएको हो । 
एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा प्रहरीलाई झुक्याएर लाठी जुलुस निकालेको छ ।मोर्चाले भृकुटीमण्डपबाट लाठी जुलुस निकाल्ने भनेपछि प्रहरीले भृकुटीमण्डपको गेटमा ढुकेर बा“सका भाटा खोसेको थियो । तर, आन्दोलनकारीले छापामार शैलीमा सुरÔाकर्मीलाई छक्याएर भाटा बोक्न सफल भएका छन् ।एमाओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीसहितको अगुवाइमा निस्केको जुलुसको प्रारम्भमा एकाधले मात्रै भाटा बोकेका थिए ।तर, जुलुसु सुन्धारामा आइपुग्दा सबैको हातहातमा बा“सका भाटा देखिए । आन्दोलनकारीको जुतिm देखेर प्रहरीहरु जिल्ल परे ।प्रहरीले कडाइ गरेपछि आन्दोलनकारीले माइकिङका लागि प्रयोग गरेको गाडीमा लुकाएर भाटाहरु भृकुटीमण्डपमा नलगी सुन्धारामा पुर्या एको थियो । भृकुटीमण्डपको जुलुस सुन्धारा पुगेपछि आन्दोलनकारीहरुले गाडीमा रहेका भाटाहरु आपसमा बा“डे ।तर, प्रहरीलाई झुक्याएर अघि बढेको भाटे जुलुसलाई प्रहरीले वीर अस्पताल, ट्रमा सेन्टर अगाडि पुगेपछि त्यहा“बाट जमलतिर अघि बढ्न दिएन । त्यसपछि ३० दलका नेताहरुले खुलामञ्चको एक कुनामा कोणसभा गरे ।आयोजकहरुको तयारी जमल हु“दै पुनः भृकुटीमण्डपमा आएर जुलुसको समापन गर्ने भए पनि प्रहरीले वीचैमा रोक्न सफल भयो ।
सहमतिका आधारमा संविधान निर्माण गर्न सतmा पÔलाई दबाब दिन एमाओवादी नेतृत्वको ३० दलीय गठबन्धनले सोमबारदेखि चैत १८ गतेसम्म जिल्ला प्रशासन कार्यालय लगायत सरकारी कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ। त्यसैगरी चैत २० गतेदेखि २३ गतेसम्म सरकारी कार्यालयहरु बन्द गर्ने,नाकावन्दी गर्ने,राजस्व कर असुली रोक्का लगायतका कार्यक्रम पनि गठबन्धनले घोÈणा गरेको छ।

Comments