संयुत रुपले बर्दियाको २१औ जिल्ला परिषद् उद्घाटन

पी सी एन्,२० फागुन । जिल्ला विकास समिति बर्दियाको २१औ जिल्ला परिषद् केही बेर अघि जिल्ला विकास समितिको सभा हल गुलरियामा शुरु भएको छ ।
परिषद्को चार जना सभासदहरु –संजयकुमार गौतम, लिला राना,सन्तबहादुर थारु र निर्मल सुबेदीले संयुतm रुपमा उद्घाटन गर्नुभएको छ ।उहांहरुले हजारीले फुलको विरुवामा पानी हाली र पानसमा दीप प्रजवलित गरि परिषद्को उद्घाटन गर्नुभएको छ ।
यस अघि उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमानसिंह श्रेष्ठले परिषद्को उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । परिषद् उद्घाटन गर्न मन्त्री श्रेष्ठ बर्दिया आउने कार्यक्रम तय भएको थियो ।टकिर्स एयरलाइन्सको जहाज दुर्घटना भएका कारण आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा रोक लगाएपछि उपप्रधानमन्त्री श्रेष्ठको भ्रमण कार्यक्रम स्थगित भएपछि चार जना सभासदहरुले संयुतm रुपमा परिषद् उद्घाटन गर्नुभएको हो ।
२१औ जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देलले  आर्थिक बर्ष ०७२÷०७३को लागि ३ अर्ब ९७ करोड ७४लाख ६७हजारको वार्षिक नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको छ ।

Comments