बर्दिया, १२चैत्र । अख्तियार,स्थानीय प्रशासन र जिविसको ध्यान नजांदा मालपोत र नापीका कर्मचारी र स्थानीयको मिलोमतोमा बढैया तालभित्रको सार्वजनिक जग्गा अतिक्रमण हुने र व्यतिmको नाममा दर्ता हुने क्रम नरोकिएको भन्दै स्थानीयले यस बारे अख्तियार,स्थानीय प्रशासन र जिविसले विशेष ध्यान दिनुपर्ने बताएका छन्।
बढैया तालको नाममा रहेको १सय २२ बिगाह जग्गा मध्ये २०५२साल यता हालसम्म २२ बिगाह जग्गा अतिक्रमण गरि ब्यतिmको नाममा श्रेस्ता कायम गरि सकिएको उनीहरुले बताए।
स्थानीय विकास अधिकारी डिल्लीराज सिग्देलले बढैया तालको जग्गा अतिक्रमण बारे जिविसले अति संवेदनशील रुपमा लिएको र यसबारे स्थानीय व्यतिmहरुसंग स्थलगत बुझने बताउनु भयो । अतिक्रमण रोक्न स्थानीय प्रशासनसंग मिलेर जिविसले आवश्यक पहल गरिरहेको बताउनु भयो।उंहाले अतिक्रमण बारे जिल्ला प्रशासन ,मालपोत,नापी,भुमीसुधार र राज्यका अन्य निकाय सम्मिलित टोलीले छिट्टै नै स्थलगत अध्ययन र छलफल गरि गैर कानुनी किसिमले जिविसको सम्पति हडपेको भए व्यतिmको नाममा रहेका लालपुर्जा बदर गर्न आवश्यक कदम चालिने बताउनु भयो।
उता सीतादेवी लम्साल सर्यु चौधरी, छेदा थारु र प्रदीप गिरी लगायतका जग्गा धनीहरुले भने आफुहरुले किनेको जग्गा आफुहरुले भोग चलन गर्न र सो जग्गामा आवश्यक संरचना निर्माण गर्न पाउनु पर्ने मांग जिविससंग अघि सार्दे आईरहेका छन् । उनीहरुले आफनो जग्गामा आफुले चाहे अनुसारको पोखरी लगायतका संरचना बनाउन जिविस र स्थानीयले रोक लगाएकोमा आपति पनि जनाएका छन् ।
बर्दियाको मैनापोखर र सोरहवा गाविसमा फैलिएर रहेको बढैया ताल धार्मिक,पर्यटकीय र जैविक विविधताको हिसाबले नेपालकै महत्वपुर्ण ताल मानिन्छ । तालमा बढैया भवानी लगवा लगनिया –शिवपार्वती) को बास रहेको धामिर्क मान्यता रहेको विश्वासका साथ हरेक बर्ष माघी पर्वमा थारु समुदायले विशेष पुजा गर्छन ।बढैया ताल मत्स्य उत्पादनको दृष्टिले पनि महत्वपुर्ण पकेट क्षेत्र मानिन्छ ।
Comments
Post a Comment