पी सी एन्,१४वैशाख । शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ रेक्टर र आईतबार सिन्धुपाल्चोक र दोलखाको सीमानालाई केन्द्रबिन्दु बनाएर आएको ६.९ रेक्टरको शतिmशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३८१५ पुगेको गृहमन्त्रालयले जनाएको छ। भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।
उपत्यकामा मृतकको संख्या १३१७ र घाइतेको संख्या ४२५२ पुगेको छ । भुकम्पबाट सोमवार दिउंसो ४बजेसम्म काठमाण्डौमा ९२०,ललितपुरमा १५७,भक्तपुरमा २४० जनाको ज्यान गएको छ ।
पूर्वाञ्चल क्षेत्रमा ५०जनाको मृत्यु भएको छ भने २सय ६ जना घाइते भएका छन् । पुर्वाञ्चलको भोजपुरमा २,सुनसरीमा ७,सोलुखुम्बुमा २१,ओखलढुङगामा १६,ताप्लेजुङमा १,मोरङमा २ ,सप्तरीमा १जनाको ज्यन गएको छ ।
मध्यमाञ्चलमा २हजार २सय १५ जनाको मृत्यु भएको छ भने २हजार २सय ८१जना घाईते भएका छन। भुकम्पका कारण हालसम्म रामेछापमा २६जना,सिन्धुपाल्चोकमा १हजार २१जना,धनुषामा १,मकवानपुरमा ३३,रसुवामा १५०,दोलखामा४६,काभ्रेमा १९३,चितवनमा ५,नुवाकोटमा४२२,धादिङमा २९९,सिन्धुलीमा ९,बारामा ५,पर्सामा ३,सर्लाहीमा १ रौतहटमा १जनाको ज्यान गएको छ ।
भुकम्पले हालसमम पश्चिमाञ्चल क्षेत्रमा २सय ३१जनाको मृत्यु भइसकेको छ भने २सय ८७ घाइते भएका छन् । मृत्यु हनेमा गोरखामा २२३,कास्कीमा २ ,नवलपरासीमा १,तनहुमा १,लमजुङमा ४जना रहेका छन्।
मध्य पश्चिम क्षेत्रमा हालसम्म २जनाको मृत्यु भएको छ भने २०जना घाईते भएका छन् ।भुकम्पका कारण रोल्पामा १ र रुकुममा १जनाको मृत्यु भएको छ ।
ठूलो भूकम्पपछि आउने पराकम्पनहरु जारी रहेका बेला अन्तर्रा्ष्ट्रिय सहयोगहरू आउने क्रम पनि तीव्र भएको छ।विनाशकारी भूकम्प गएको दुई दिनपछि जारी पराकम्पनहरुबीच काठमाण्डू र अन्य शहरहरुमा मानिसहरुमा भूकम्पको त्रास हट्न सकेको छैन्।वर्षा र चिसो सहदै हजारौं मानिसहरूले खुल्ला ठाउँमा बनाएका अस्थायी ओतमुनि रात गुजारेका छन्। गृह मन्त्रालयका अनुसार शनिबार ध्वस्त भएका संरचनामुनि च्यापिएका मानिसहरु निकाल्ने काम शहरी क्षेत्रमा अझै पनि सकिएको छैन्।
सरकारले ७ वटा जिल्लालाई गम्भीर क्षति भएका जिल्ला अन्तरगत राखेर हेलिकोप्टर परिचालन गरेको छ । ती जिल्लामा गोरखा, धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे र ललितपुर जिल्ला रहेका छन् । राजधानीमा बिजुली र पानीको आपूर्ती सहज बनाउनेतर्फ सरकारले ध्यान केन्द्रित गर्दैछ।
मुग्लिन र जलबिरेको बिचमा पर्ने काली खोला नजिक खसेको पहिरो सडक विभागले हटाएपछि आइतबार राती देखी पहिरोका कारण बन्द भएको मुग्लीन–नारायणघाट सडकखन्ड सोमवार दिउंसोबाट खुलेको छ । पहिरोको कारण हजारौा यात्रु सडकमा अलपत्र परेका थिए । नारायणघाटबाट काठमाडौा आउन चाहने तथा उपत्यकाबाट बाहिर जान चाहिरहेका यात्रुहरु बाटोमा फसेका थिए ।शनिबार महाभूकम्प पछि नै त्यो क्षेत्रमा पहिरो खसिरहेको छ ।
Comments
Post a Comment