क्षितिज पौडेल
पी सी एन्,२८चैत्र ।
बाँसगढी नगरपालीकालाई भोली २९ गते आईतबार खुल्लादिशामुक्त क्षेत्रको रुपमा घोषणा गरिर्दै छ । नगरपालीकाका कार्यकारी अधिकृत गणेशबिक्रम शाहीका अनुसार नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने आबश्यक पर्ने सम्पुर्ण तयारी पुरा भएको र भोली आईतबार भब्य समारोहका बिच घोषणा गरिने बताउनु भयो।घोषणा सभालाई भब्य र सभ्य बनाउन घोषणा सभा गरिने स्थल बरिपरी रङरोगन गरेर झकिझकाउ बनाईएको छ । चैत्र २६ गते बसेको नगरपालीका स्तरिय सर्बपक्षिय बैठकले घोषणा सभालाई भब्य रुपमा सम्पन्न भर्न बिभिन्न किसिमका समिति तथा जिम्मेवारी बाडफाड गरेको थियो । सोही बाडफाड अनुसार काम भईरहेको जनाईएको छ । त्यसैगरी घोषणा सभा कार्यक्रमको उद्घाटनको लागी प्रमुख अथितिमा उपप्रधान तथा गृहमन्त्रि बामदेब गौतम, बिशिष्ट अथितिमा यस क्षेत्रका सभासद श्यामप्रसाद ढकाललाई निमन्त्रणा गर्ने सर्बपक्षिय बैठकले निर्णय गरेको छ ।
Comments
Post a Comment