बर्दिया,२९चैत्र । मुतm कमैया ,सुकुम्वासी र भुमिहिनका नाममा जिल्लामा वन क्षेत्र अतिक्रमण भएकोमा आपति जनाउदै त्यस्तो गैर कानुनी कार्य विरुद्ध तत्काल कदम चालिने भएको छ।
जिल्ला स्थित राजनैतिक दल लगायतका सरोकारवालाको उपस्थितीमा आईतवार गुलरियामा सम्पन्न जिल्ला वन क्षेत्र समन्वय समितिको बैठकले अतिक्रमण क्षेत्रबाट वन अतिक्रमण कारी तत्काल हटाउने निर्णय समेत गरेको छ ।
मुतm कमैया सुकुम्वासीका नाममा वनक्षेत्र अतिक्रमण गर्ने,वन कटानी , फडानी गर्ने र वन पैदावार वितरणमा अवरोध पुरयाउने जस्ता कानुन विपरीतका काम दिनहु बढिरहेकोमा चिन्ता ब्यतm गर्दे अतिक्रमण हटाउन तत्काल कार्ययोजना बनाई अघि बढन बैठकले जिल्ला वन कार्यालयलाई निर्देशन पनि दिएको छ ।
जिल्ला वनक्षेत्र समन्वय समितिको सोमवारको बैठकले एक उपभोतmा एक सामुदायिक वन हुने गरि सामुदायिक वनको कार्ययोजना पुनरावलोकन गर्ने निर्णय समेत गरेको छ ।
जिल्ला वन क्षेत्र समन्वय समितिका अध्यक्ष एंव स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देललको अध्यक्षतामा सम्पन्न बैठकमा प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवर, जिल्ला वन अधिकृत धनञ्जय लामिछाने, प्रहरी उपरीक्षक गोविन्दराम परियार,सहायक वन अधिकृतहरु श्यामबाबु लोपचन र द्रोणराज शर्मा,सामुदायिक वन उपभोतmा महासंघका मोहम्मद कर खां ,नेपाल परिवार दलका सुशील लामिछाने,प्रेस क्लबका अध्यक्ष यम घिमिरे, पत्रकार महासंघका पुर्व अध्यक्ष कृष्णप्रसाद बस्याल लगायतको उपस्थिति थियो ।
Comments
Post a Comment