पी सी एन्,१५वैशाख । शनिबार गोरखाको बारपाकलाई केन्द्र बनाएर आएको ७.६ रेक्टर र आईतबार सिन्धुपाल्चोक र दोलखाको सीमानालाई केन्द्रबिन्दु बनाएर आएको ६.९ रेक्टरको शतिmशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या करिब शनिबारदेखि आइरहेको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ४२६४ पुगेको गृहमन्त्रालयले जनाएको छ। राजधानीसहित विभिन्न ११ जिल्लामा प्रत्यक्ष प्रभाव पार्ने गरी गएको भुकम्पमा मर्नेको संख्या अझै बढ्ने मन्त्रालयले भनेको छ।
उपत्यकामा मृतकको संख्या १३२७र घाइतेको संख्या ४३३८ पुगेको छ । भुकम्पबाट सोमवार सांझ ७ बजेसम्म काठमाण्डौमा ९३०,ललितपुरमा १५७,भक्तपुरमा २४० जनाको ज्यान गएको छ ।
पूर्वाञ्चल क्षेत्रमा ५१जनाको मृत्यु भएको छ भने २सय ७जना घाइते भएका छन् । पुर्वाञ्चलको भोजपुरमा २,सुनसरीमा ७,सोलुखुम्बुमा २२,ओखलढुङगामा १६,ताप्लेजुङमा १,मोरङमा २ ,सप्तरीमा १जनाको ज्यन गएको छ ।
मध्यमाञ्चलमा २हजार २सय ९३ जनाको मृत्यु भएको छ भने २हजार २सय ९३जना घाईते भएका छन। भुकम्पका कारण हालसम्म रामेछापमा २६जना,सिन्धुपाल्चोकमा १हजार ३२जना,धनुषामा १,मकवानपुरमा ३५,रसुवामा १५१,दोलखामा५०,काभ्रेमा२२७,चितवनमा ५,नुवाकोटमा४४८,धादिङमा २९९,सिन्धुलीमा ९,बारामा ५,पर्सामा ३,सर्लाहीमा १ रौतहटमा १जनाको ज्यान गएको छ ।
भुकम्पले हालसमम पश्चिमाञ्चल क्षेत्रमा २सय ३१जनाको मृत्यु भइसकेको छ भने ३सय २२ घाइते भएका छन् । मृत्यु हनेमा गोरखामा २२३,कास्कीमा २ ,नवलपरासीमा १,तनहुमा १,लमजुङमा ४जना रहेका छन्।
मध्य पश्चिम क्षेत्रमा हालसम्म २जनाको मृत्यु भएको छ भने २०जना घाईते भएका छन् ।भुकम्पका कारण रोल्पामा १ र रुकुममा १जनाको मृत्यु भएको छ ।
Comments
Post a Comment