भगवति लामिछाने
बर्दिया,३०चैत्र ।बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले आफु जनताको सेवक हुं भन्ने भावनाबाट सार्वजनिक सेवा प्रवाह गर्न जिल्ला स्थित सरकारी गैर सरकारी निकायलाई निर्देशन दिनु भएको छ ।
जिल्लाको शान्ति सुरक्षा तथा कार्य प्रगति विवरण सम्बन्धि अन्तरकृया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी कुंवरले राष्ट्रसेवक कर्मचारीले हरहमेशा राष्ट र जनतालाई हितमा राखेर काम गर्न सुझाव दिनुभयो ।
सार्वजनिक सेवा मानव अधिकार मैत्री र विकासको कार्य वातावरण मैत्री हुनुपर्दछ ः प्रजिअ कुंवरले भन्नुभयो ।
विकास निर्माण कार्य र सार्वजिक सेवा प्रवाहमा भईरहेको ढिलासुस्तीलाई तत्काल अन्त्य गर्न जिल्लास्थित सरोकारवालालाई निर्देशन दिदै प्रमुख जिल्ला अधिकारी कुंवरले सार्वजनिक सेवा प्रवाह र विकास निर्माण कार्य चुस्त दुरुस्त प्रभावकारी र गुणस्तरीय भए नभएको नियमित निगरानी र अनुगमन गर्न संचारमाध्यमहरुलाई आग्रह गर्नुभयो ।
उंहाले जिल्लाको समग्र विकासमा राजनैतिक दल, पत्रकार र नागरिक समाजले सकारात्मक सोचका साथ सहयोग गरेकोमा धन्यवाद दिदै अबका दिनमा जिल्लालाई वन अतिक्रमण मुतm जिल्ला घोषणा गर्ने अभियान सबै पक्ष एकजुट भई लाग्नु पर्ने बताउनु भयो ।
प्रेस क्लब अफ नेपालका अध्यक्ष एंन नेपाली एक्सप्रेसका कार्यकारी सम्पादक यम घिमिरले सबै तहका प्रहरीको मनोबल उच्च नहुदासम्म शान्ति सुरक्षा सुदृढ नहने भएकाले सरकाले प्रहरीको क्षमता र बृति विकासका थप कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । उंहाले सीमामा हुने गतिविधीमाथि विशेष निगरानी राख्न र वन अतिक्रमण र वन फडानी प्रति विशेष चासो राख्न प्रहरीलाई सुझाव दिनुभयो ।
पत्रकार महासंघका अध्यक्ष मिनराज शर्माले सदरमुकाम क्षेत्रको तश्करी रोक्न प्रहरी सफल भएपनि सदरमुकाम बाहिरका सीमा क्षेत्रमा तश्करी र अपराध बढिरहेकाले त्यसलाई रोक्न कार्ययोजनाका साथ अघि बढन प्रहरीलाई सुझाव दिनुभयो ।
गैर सरकारी संस्था महासंघका अध्यक्ष विष्णु तिमल्सिनाले धुम्रपान तथा मदिरा नियन्त्रणमा प्रहरीले पुरयाएको योगदानको प्रशंसा गर्दे सरकारी कर्मचारीले खर्चमा मितव्ययितिा अपनाउन सुझाव दिनुभयो ।
नागरिक समाजका संयोजक बालकृष्ण वलीले मदिरा नियन्त्रण कार्य गर्दा सामाजिक संस्कार र संस्कृतिलाई ख्याल गर्दे अघि बढन प्रहरीलाई सुझाव दिनुभयो ।
सो कार्यक्रमको संचालन प्रहरी नायब उपरीक्षक दिपककुमार बस्नेतले गर्नुभएको थियो ।
Comments
Post a Comment