नागरिक दैनिकका पत्रकार लाई भौतिक कारवाही गर्ने धम्की, धम्कीको संचार सम्बद्ध संस्थाद्धारा भत्सर्ना र धम्की दिनेलाई कारवाही गर्नुपर्ने मांग


नागरिक दैनिकका पत्रकार लाई भौतिक कारवाही गर्ने धम्की,
धम्कीको संचार सम्बद्ध संस्थाद्धारा भत्सर्ना र धम्की दिनेलाई कारवाही गर्नुपर्ने मांग
पी सी एन् ,१वैशाख ।  निःशुल्क आएको टिन ५सय ३० रुपियामा रकम लिएर बाढी पीडितलाई वितरण गरेको समाचार सार्वजनिक गरेका नागरिक दैनिकका संवाददाता निर्मल घिमिरेलाई एक समुहले भौतिक कारवाही गर्ने धम्की दिएको छ ।
हेफर ईन्टरनेशनले गुलरिया नगरपालिका वडा नं ११ टेपरीका बाढीपीडितहरुलाई निःशुल्क वितरण गर्न  अनुदान स्वरुप पठाएको ४६बण्डल टिन सामुदायिक संस्थाका उपाध्यक्ष नारायण गुरुंगले रकम असुली गरेर वितरण गरेपछि सो अनियमिता बारेको समाचार प्रकाशित गरेको बिरोधमा संवाददाता घिमिरेलाई भौतिक कारवाहीको गर्ने धम्की दिईएको हो । सो समुहले पत्रकार घिमिरे विरुद्ध नाराबाजी समेत गरेको थियो।
बर्दियाका प्रहरी उपरीक्षक गोविन्दराम परियारका अनुसार गुंरुगको नेतृत्वमा निस्केको ३०देखि ३५जनाको समुहले पत्रकार घिमिरेको घर घेरा हालि पत्रकार घिमिरे विरुद्ध नाराबाजी समेत गरेका थिए। पत्रकार घिमिरेको घर घेरा हाल्न पुगेका गुंरुग लगायतको समुहलाई शान्ति सुरक्षा खलबाल्याए कानुन बमोजिम कारवाही गर्नै चेतावनी प्रहरीले दिएपछि उनीहरु तितरबितर भएको प्रहरीले जनाएको छ ।
समाचारको बिषयलाई लिएर सामुदायिक विकास संस्थाका उपाध्यक्ष नारायण गुंरुग लगायतले पत्रकार घिमिरेलाई भौतिक कारवाही गर्ने धम्की दिएकोमा संचारसंग सम्बद्ध संघ संस्थाहरुले सो कार्यको घोर भत्सर्ना गर्दे कारवाहीको धम्की दिने र घर घेर्नेहरुलाई कानुन बमोजिम कारवाही गर्न प्रहरी प्रशासनसंग मांग गरेका छन्।
प्रकाशति समचारमा चितm नबुझे सम्बन्धित संचार माध्यममा खण्डन प्रकाशनको लागि लिखित रुपमा पठाउने र सो खण्डन प्रकाशित नभए प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने कानुनी व्यवस्था विपरीत कार्य गर्ने काम गुरुंग र उनको समुहले गरेकाले  दोषीलाई प्रशासनले कारबाही गर्नु पर्ने पत्रकार महासंघका अध्यक्ष मिनराज शर्माले बताए ।  समाचारको बिषयलाई लिएर समुहले निकालेको ¥याली कानुन विपरीतको काम भएकाले यस बारे अध्ययन अनुसन्धान गर्न संचारसंग संस्थाहरुले प्रशासनसंग मांग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुंवरले अनियिमतिता बारेको समाचार प्रकाशन गरे बापत पत्रकार  घिमिरेलाई कारवाही गर्ने धम्की दिने ,पत्रकार विरुद्ध नाराबाजी गर्ने गराउने व्यतmी र संघसस्थाहरुलाई आवश्यक कानुनी कारवाही गराई छाडने प्रतिबद्धता ब्यतm गर्नुभएको छ।
अनियमितता र धम्कीको बारेमा हेफर ईण्टर नेशनल,सामुदायिक विकास संस्थाका पदाधिकारी र सदस्यहरुलाई बुधबार सोधपुछका लागि जिल्ला प्रशासन कार्यालयमा बोलाईएको प्रजिअ कुंवरले जानकारी दिनुभयो ।

Comments